Loading... आजः शनिबार , श्रावण १२, २०८१

अाैपचारिक रुपमै सेना परिचालन गर्ने तयारी


प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतलनिवास पुगेका छन्। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आएकालाई र जोखिम बढेको ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको थियो। राष्ट्रपतिबाट अनुमाेदन गराउनका लागि राष्ट्रपति निवास पुगेको बुझिएको छ।

राष्ट्रपति, प्रधानमन्त्री र चार वटै सुरक्षा निकायका प्रमखुहरुबीच छलफल भइरहेको छ। संविधानको धारा २६७ (४)मा नेपाल सरकारले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमासमेत परिचालन गर्न सकिने उल्लेख छ। सेना परिचालन गर्न मन्त्रिपरिषदबाट पठाएर राष्ट्रपतिले अनुमोदन गरेपछि सेना परिचालन गर्न सकिने छ।

धारा २६७ कै उपधारा ६ मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने प्रावधान छ। त्यस्तै उपधारा ६ मा नेपाली सेना परिचालनको घोषणा भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्ने उल्लेख छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!