Loading... आजः शनिबार , श्रावण १२, २०८१

आईटीबीपीद्वारा निशूल्क चिकित्सा शिविर


गान्तोक, 22 फरवरी। 13औं बटालियन आईटीबीपी, लिङ्दुम राङ्काद्वारा आज निशुल्क चिकित्सा शिविर आयोजन गरियो। मार्ताम-रुम्तेक समष्टिअन्तर्गत रे-मिन्दु ग्राम पञ्चायत एकाइको रे बस्तीमा आयोजित चिकित्सा शिविर आईटीबीपीको ‘सिविक एक्सन प्रोग्राम’ अन्तर्गत आयोजन गरिएको थियो। चिकित्सा शिविरमा डा. पंकज कुमार झा (एस.एम.ओ), डा. अनामिका सिंह (एस.एम.ओ) र डा. सर्निया सिंह (एमओ) र टोलीले स्थानीयहरूको स्वास्थ्य जाँज गरेका थिए।
13औं बटालियन आईटीबीपीका रङ्गला छुङ्लेन (फर्माशिस्ट), पाल्देन भोटिया (मेडिक) र अन्यको साथमा रे-मिन्दु जीपीयूको वार्ड-2 की पञ्चायत जुम्ठी लेप्चा, एमकेएन एकाडेमी स्कूलका प्रधानाचार्य एनएस सिंह आदिको विशेष उपस्थितिमा सम्पन्न शिविरमा 74 जनाले स्वास्थ्य जाँच गराए। स्वास्थ्य जाँचसितै निशूल्क औषधि वितरण पनि गरिएको थियो।
यसरी नै गत 17 फरवरीको दिन टोलीले राङ्का राईगाउँमा पनि निशूल्क चिकित्सा शिविर आयोजन गरेको थियो। शिविरबापट 81 जनाले फाइदा लिएका थिए। राईगाउँमा सम्पन्न शिविरमा पूर्व जिल्ला पञ्चायत सूर्यकुमार राई र राईगाउँ वार्डकी पञ्चायत श्रीमती मिरा राईको विशेष उपस्थिति रहेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!