Loading... आजः शनिबार , श्रावण १२, २०८१

‘आईसीपी’को उद्घाटन प्रमअाेली र मोदीले संयुक्तरूपमा गर्ने


नेपाल र भारत सरकारको संयुक्त लगानीमा विराटनगरमा निर्मित एकीकृत जाँच केन्द्र (आईसीपी) मंगलबार बाट सञ्चालनमा आउँदैछ। प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा भिडिओ कन्फरेन्स मार्फत यसको उद्घाटन गरेसँगै मंगलबारबाट यो सञ्चालनमा आउने भएको हो।

डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत दुई प्रधानमन्त्रीले स्वीच अन गरेर यसको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

वाणिज्य मन्त्रालयका सह–सचिव नवराज ढकालका अनुसार दुबै प्रधानमन्त्रीले डिजिटल माध्यमबाट आइसिपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए।

Insert your Ads code here

उद्धघाटनपछि निर्माणको जिम्मा लिएको भारत सरकारले आईसीपी नेपाल सरकारलाई मंगलबार नै हस्तान्तरण गर्ने सहसचिव ढकालले बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेपछि आइसिपीमा भएको पर्दाको अनावरण हुन्छ’, उनले भने ‘उद्घाटन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्रीले आइसिपीको हस्तान्तरणको घोषणा गर्नेछन् र नेपालका प्रधानमन्त्रीले त्यसको स्वामित्व ग्रहण गर्नेछन्।’

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले आइसिपीको स्वामित्व ग्रहण गर्नेछ र यसको सञ्चालनको जिम्मेवारी भन्सार कार्यालयले पाउनेछ। नेपालतर्फको आइसिपीको निर्माण गर्न कुल २ वर्ष ६ महिनाको समय लागेको छ। भारततर्फको आइसिपी ३ वर्ष अगाडि नै सञ्चालनमा आइसकेको छ। सन् २०१७ मा भारतको गुजरातस्थित दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिले जाँच केन्द्रको निर्माण सुरु गरेको थियो।

१ सय १४ करोड भारतीय रुपैयाँमा भारत सरकारले सन् २०१७ मार्चमा दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालिसँग निमार्ण सम्झौता गरेको थियो। सन् २०१८ भित्रै यसको निर्माण कार्य सम्पन्न गरिसक्नु सम्झौता भए पनि प्राकृतिक विपद् बाढीका कारण केहीसमय ढिलो भएको बताइएको छ। आइसिपीको सञ्चालनपछि आयात निर्यातमा धेरै सहजीकरण हुने विश्वास गरिएको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!