Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता


सरकारले आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएको छ । सोहीअनुसार सरकारले राष्ट्रिय गौरवका २१ आयोजना र रुपान्तरणकारी नाम दिइएका १४ आयोजनाले बजेट पाएका छन्।

विकास बजेटतर्फको सबैभन्दा ठूलो बजेट यी ३८ वटा आयोजना/कार्यक्रममा खर्च गर्ने लक्ष्य सरकारको रहेको छ । यी ३८ वटा आयोजनालाई १ खर्ब ४८ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले आव २०६८/६९ बाट राष्ट्रिय गौरवको आयोजनाको अवधारणा शुरु गरेको हो। आगामी आवमा राष्ट्रिय गौरवका २१ वटा आयोजनाले ८७ अर्ब ७९ करोड ४६लाख रुपैयाँ खर्च गर्नेछ। यसमा सबैभन्दा ठूलो रकम पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थललाई दिइएको छ। यो आयोजनाले १० अर्ब ७५ करोड रुपैयाँ खर्च गर्नुपर्नेछ। यो आयोजना आगामी आवको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अर्कोतर्फ १५औं आवधिक योजनाले रुपान्तरणकारी आयोजनाका रुपमा १७ वटा कार्यक्रम र आयोजना छनोट गरेको थियो । यी आयोजना कतिपय विगतदेखिकै शूरुवात हुन भने कतिपय १५ औं योजना शुरु भएको चालु आवबाट प्रारम्भ भएको हुन्।

अनलाइनखबरका अनुसार यी आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न सरकारले ६० अर्ब ८५ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। आगामी वर्ष सरकारले कूल ३२६ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्दैछ। त्यसमध्ये पहिलो प्राथमिकता २६० र दोस्रो प्राथमिकताका कार्याक्रमको संख्या ६४ वटा रहेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!