Loading... आजः शनिबार , श्रावण १२, २०८१

आगामी दुई वर्षमा पूर्ण विद्युतीकरण गर्ने गरी विभिन्न कार्यक्रम सार्वजनिक


आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी सरकारले ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । यसअनुसार प्रसारणलाइन विस्तार र सबस्टेसन निर्माणका लागि ३५ अर्ब दुई करोड रुपियाँ विनियोजन गरिएको छ । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि चार अर्ब रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो।

वैकल्पिक ऊर्जा प्रवर्द्धनका लागि सरकारले चार अर्ब १३ करोड रुपियाँ विनियोजन गरेको छ । यो वर्ष सरकारले दुई सय वटा सौर्य मिनिग्रिड आयोजना बनाउने छ । सङ्घीयताको मान्यताअनुकूल हुने गरी सरकारले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण र वितरण गरी छुट्टाछुट्टै संरचनामा विकास गर्ने भएको छ ।

चालू वर्षबाट काठमाडौँमा सुरु भएको विद्युतीय तार भूमिगत गर्ने कार्यलाई आगामी आर्थिक वर्षमा ललितपुर, भक्तपुर, चितवनलगायत मुख्य सहरी क्षेत्रमा पनि कार्यान्वयन गरिने जनाइएको गोरखापत्र अनलाइनले जनाएको छ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!