Loading... आजः मंगलबार , आश्विन १, २०८१

आगामी निर्वाचन सम्म भूमिहीन सुकुम्बासी सबैको हातहातमा लालपुर्जा हुन्छ : पुर्व प्रधानमन्त्री दाहाल


भजनी 8मंसिर 2078
खेम राज पाण्डेय
कैलालीको भजनी नगरपालिकाको नव निर्मित भवनको एक कार्यक्रम बीच बुधबार पुर्व प्रधानमन्त्री पुष्प कमल दाहालले प्रशासकीय भवनको उदघाटन गर्नु भएको छ। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टीको बैठक र भजनी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न कैलाली आएको बताए।जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष दाहालको आग्रह गर्नुभयाे । उहाँले भन्नुभयो, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’

अध्यक्ष दाहालले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्नुहुँदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताउनुभयो ।दाहालले नेपाली जनताको लामो संघर्ष र बलिदानले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउँदै उनले जनताको अधिकार, संविधान र न्याय खोस्न खोज्नेविरुद्ध फेरि अर्को लडाइ लड्नुपरे पनि आफू तयार रहेको बताउनुभयाे। जनताको संघर्ष र बलिदानले स्थापित लोकतान्त्रिक गणतन्त्र ,जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासदेखि बेखुसी देखिएका केही तत्वहरु सडकमा उफ्रिदैमा जनताको शासन व्यवस्था खोस्नसक्ने अवस्था नरहेको उहाको भनाइ थियो । दाहालले जनताको शिक्षा, स्वास्थ, रोजगार र भुमी व्यवस्थापनमा आफ्नो पार्टीले विशेष जोड दिएको बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको दावी गरेका छन्। सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागि आवश्यक काम थालिसकिएको समेत बताए । हामी गरिब ,भुमिहिन सुकुम्बासीको दिगो रूपमा समस्या समाधानको लागि प्रयत्नरत छौ – दाहालले भने पुर्वबाट भुमिहिनहरुलाई लालपुर्जा वितरणको काम सुरु भैइसकेको छ ,र आउने चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा दिइने छ ।भजनी नगरपालिकाको तर्फ बाट नगर प्रमुख चौधरीले १५बुँदे ज्ञापन पत्र समेत बुझाएका छन्। गुलरियाघाटमा पक्की पुल, लालबोझी भन्सारको स्तर उन्नति, नदी नियन्त्रण र बाढीपीडितको राहतको प्याकेट लगाएतका १५ बुँदे ज्ञापनपत्र दिएका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!