गान्तोक,30 मई। सिक्किमको शिक्षा विभागले आगामी 15 जुनदेखि खोल्ने भनेको शैक्षिक संस्थानहरू 15 दिन पछि गरेर 1 जुलाई देखि खोल्ने निर्णय गरेको छ। मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा बसेको उच्च स्तरीय बैठकमा यो निर्णय लिएको शिक्षा विभागका सचिव तथा अतिरिक्त मुख्य सचिव जीपी उपाध्यायले बताएका छन्। यद्यपी संस्थानहरूको शिक्षकहरू भने 15 जुलाईदेखि संस्थानमा पुग्ने अनि विभिन्न सरसफाई र अन्य व्यवस्थाहरू मिलाउनु पर्ने निर्णय गरिएको बताए। यसैगरि कक्षा केजीदेखि आठौं श्रेणीसम्म भने 1 जुलाईदेखि पनि कक्षा नलाग्ने बताए। अर्कोतिर अनलाइन शिक्षालाई सबै प्रकारले निरन्तरता दिने तथा थप सशक्त बनाएर लाने उनले बताएका छन्। यसैगरि सिक्किम बाहिरबाट आउने विद्यार्थाहरूलाई आगामी 15 जुनभित्रमा सिक्किम आएर कोरिन्टिनमा बस्नुपर्ने प्रावधान रहेको कुरा उल्लेख गरे। यसैगरि उनले सिक्किमको सबै विश्वविद्यालयहरूमा विशेष गरेर सिक्किम विश्वविद्यालयको विद्यार्थीहरूको कोरिन्टिनको निम्ति पनि व्यवस्था गरिने कार्य गरिरेहको बताए। यसैगरि उनले शैक्षिक संस्थानहरूमा 15 जुनदेखि शिक्षक र कर्मचारी जान पर्ने अनि त्यसको रखरखाउ र सामाजिक दूरत्व तथा स्वच्छताको प्रावधान मिलाउनुपर्ने बताए। यसैगरि सामाजिक दूरीको कारण कक्षामा पातलो विद्यार्थीहरू राखिने भएको कारण स्नातकस्तरसम्मको शिक्षकहरूले शिक्षक अपुग भएको ठाउँमा पुगेर काम गर्नुपर्ने बताए।