नेपाल सरकारले कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाल खबर अनलाइनले लेखेको छ।
‘उहाँको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यसक्रममा भएको खर्च सरकारले व्यहोर्नेछ,’ परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो। सबैभन्दा पहिले १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएको थियो।
नेपाल सरकारले इजरायलसँग केयर गिभरको रुपमा त्यहाँ काम गर्न जाने कामदारसम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको कार्यकाल बैशाखसम्मका लागि थपेको छ।
Insert your Ads code here
सो युनियनले असोज २४ गते चुनाव गर्नुपर्ने प्रावधान रहेकोमा सरकारले हाललाई युनियनको निर्वाचनका सबै प्रक्रिया स्थगित गरेको छ।