प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गरेका छन्। आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे।
नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको भन्दै गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफुतिर पनि आउने बताए।
विश्वव्यापि कोरोनाको सन्त्रास बढिरहेको सन्दर्भमा स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालले कोरोना भाइरस संक्रमण र मिडियाको भूमिका विषयमा सचेतामूलक कार्यक्रमको आयोजना गरेका हुन् नागरिक खबरले लेखेको छ।