Loading... आजः शनिबार , श्रावण १२, २०८१

आजको दिनसम्म काेराेनाबाट सिक्किम अछुत रहेको छ


गान्तोक, 28 मार्च। विश्व महामारी कोरोना भाइरसबाट आजको दिनसम्म सिक्किम अछुत रहेको छ। सिक्किमको स्वास्थ्य विभागको निगरानीमा भइरहेको सतर्कताको कारण जम्मा सातवटा विरामीको रक्तनमुना कोरोना जाँचको निम्ति पठाइको थियो। उक्त सबै नमुना कोरोना नेगेटिभ आएको स्वास्थ्य सचिव तथा डीजी डा. पेम्पा टी. भोटियाले बताएका छन्। आज पत्रकारहरूसित कुराकानी गर्दै उनले भर्खरै चारवटा नमुना जाँच नर्थ ब्याङ्गाल मेडिकलमा पुऱ्याएको भएपनि त्यहाँ शुरुवाती स्थितिमा जाँच हुन नसकेपछि कोलकत्ता पठाएर त्यहाँ रक्त जाँच गरेर रिपोर्ट प्राप्त भइसकेको अनि त्यसमा नेगेटिव परिणाम आएको स्पस्ट जानकारी दिएका छन्। सचिव भोटियाले सिक्किममा अहिले कोरोना नभएको भएपनि सतर्कतालाई कुनै कमी हुननदिने बताए। यसरी मानिसहरूले कोरोनालाई लिएर सरकारको प्रयासलाई पूर्ण रूपमा समर्थन जनाउँदै सहयोग गर्नुपर्ने र अनावश्यकरूपमा माक्स र सेनिटाइजरहरूको प्रयोग नगरेर भविष्यमा हुने खतराको सम्भावनालाई ध्यानमा राखेर जगेरा गर्नुपर्ने बताए। उनले घरमा बस्नेहरूले साबुन पानीले राम्रो सित हात धोएको असल हुने र माक्स फिजुलमा प्रयोग गरेर आवश्यक संसाधनलाई सक्ने काम नगर्ने अनुरोध पनि गरे। उनले अहिले स्वास्थ्य विभागले आवश्यक सामानहरू भण्डारण गरेर राखेको अनि त्यसको निम्ति थप माक्स, सेनिटाइजर, पीपीई, भीटीएम मेसिन, एन95 माक्स आदि जगेरा गर्ने काम गरिरहेको बताए। अर्कोतिर राज्यको सबै प्राथमिक स्वास्थ्य केन्द्र र उपस्वास्थ्य केन्द्र अनि जिल्ला अस्पतालहरूमा आवश्यक सहयोग राशीपनि पठाइसकेको बताए। अर्कोतिर जनतालाई आतङ्कित हुनबाट बाँच्न आफूहरू घरैमा बसिदिनुपर्ने अनि अनावश्यक यात्रा पूर्णरूपमा बन्द राख्नुपर्ने बताउँदै जतिपनि शङ्कास्पद भएकाहरूलाई अनि बाहिरबाट आएकाहरूलाई होम कोराइण्टाइनमा स्वास्थ्य विभागकै निगरानीमा राखिएको हुनाले कुनै खतरा नभएको बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!