Loading... आजः बुधबार , चैत्र १२, २०८१

आज नेपालका सातै प्रदेशको बजेट सार्वजनिक हुँदै


आज नेपालका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका अनलाइन खबरले लेखेको छ।

संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन्। प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्। कोरोना भाइरस (कोभिड–१९) को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन्।

स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन्। यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताएका छन्। संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!