Loading... आजः बुधबार , माघ ९, २०८१

आज राजापुरमा मुहम्मद डे, धुमधाम मनाइयो ( भिडियो सहित)


 

राजापुर, कातिक१४

Insert your Ads code here

ईदमिलादुन्नबी अर्थात मोहम्मद डे (जयन्ती) बर्दियाको राजापुर , बाकेको नेपालगन्ज लगायत मुस्लीम समुदायमा धुमधामले मुहम्मद डे, सुक्रबार मनाइएको छ ।

इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफाको जन्मदिन हो । यो ईदमिलादुन्नबीको खुशियाली यस कारण मनाईन्छ किनकि स्वयं अल्लाहले यो दिन खुशी मनाउनु भयो र खुशियाली मनाउन सबैलाई आदेश दिनुभयो त्यस कारण यस दिन खुशियाली मनाईन्छ यहां सम्म कि उहांको जन्मोत्सवको खुशी दूत, स्वर्गकी अप्सरा, मलाईकाले मनाए यस कारण यसको महत्व छ ।

 

 


मोहम्मद जयन्तीको सुअवसरमा विश्वभरिका मुस्लिमहरु आ–आफ्नो घरको सरसफाई गरी घरमा रंगरोगन गराएर घर घरमा झण्डा लगाउंछन् । घर घरमा लाईटिंग गर्छन् र दीप प्रज्वलित गर्छन् । नुवाइ धुवाइ गरी नयां कपडा र कपडामा इत्तर लगाउंछन् । रात भरी जागेर इबादत गर्छन् । राति आफ्ना मृतकहरुका लागि मगफिरतको दुआ गर्न कब्रिस्तान जान्छन् । भोलिपल्ट घरमा मीठा मीठा परिकार बिर्यानी, खीर र हलुवा आदि बनाउंछन् । साथीभाई र आफन्तलाई बोलाएर खाना खुवाउंछन् । घरमा नात ख्वानी , कुरान ख्वानी र मिलाद शरीफ गर्छन् ।

कोभिड १९को कारण गत बर्ष भन्दा यस बर्ष सामान्य तरिकाले सबै धर्मका मुस्लीम समुदायका धर्मगुरुहरु मुस्लीम युवा बालबालिका, समुदायकाबरिष्ट व्यक्तित्वहरुको उपस्थितिमा नगर परिक्रमा गर्न जूलुस सहित मोहम्मदी निकालिएको थियो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!