Loading... आजः मंगलबार , आश्विन १, २०८१

आज लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउदै, चर्चामा कूलप्रसाद केसी र विरेन्द्र कनौडियाको नाम


कोठियाघाट खबर
२०७८ साउन २८ गते
बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि आज लुम्बिनी प्रदेश चयन हुने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका छन् ।
बुधबार मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न विशेष अधिबेशन बोलाइएपछि मुख्यमन्त्री पोखरेलले राजीनामा पेश गरेका थिए ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गरेपछि बुधबार प्रदेशसभामा उक्त अविश्वास प्रस्तावमाथि छलफल राखिएको थियो ।
तर प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशमा विपक्षी गठवन्धनको सरकार बनेमा त्यसको आयू करिब १६ महिनाको हुनेछ । पहिलो ८ महिना माओवादी केन्द्रका कूलप्रसाद केसीले र नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समझदारी भएको चर्चा आउन थालेको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!