Loading... आजः बिहिबार , चैत्र ६, २०८१

आत्महत्या र यसको रोकथामको उपाय


 

महालक्ष्मीआचार्य

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभरमालगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ । नेपालमापनि लकडाउन भएदेखि(११ चैत्रदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसहरुले आत्महत्यागरिसकेको तथ्याङ्क केन्द्रीयप्रहरी विभागले सार्वजनिक गरेको छ । के कारणले आफ्नो जीवनआफैँले समाप्तगर्न आँट गर्छ त मानिस ? यो बुझ्न र महसुस गर्न सक्ने क्षमताअरुमाहुँदैन किनकिअरुले त्यो दुः ख पीडा र डिप्रेशनको निराशाजनकअवस्थालाई मनको त्यो गहिराइमाअनुभव गरेको हुँदैन । जसले आत्महत्याको कोसिस गर्छ वाआत्महत्या गर्छ, उसले मनको त्यो अन्तरतममाअसीम पीडाको अनुभूत गर्छ, जसबाट निस्कने कुनै विकल्प देख्दैन ।
व्यक्ति पिच्छे यसको कारण अलगअलग हुन्छ । किनकि हरेकव्यक्तिको आ—आफ्नो छुट्टै स्वभावनिर्माण भएको छ । त्यहीअनुसार हरेक चीजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ । त्यहीकारणले प्रत्येकव्यक्तिलाई खुसीबनाउने र दुःखीबनाउने चीज, वस्तु वा परिस्थितिअलगअलग नै हुन्छ । जब जीवनकुनै कारणले अत्यन्त कष्टप्रद, समस्याग्रस्त हुनपुग्छ र त्यसको निवारणको बाटो कतै भेट्दैन, तब
आत्महत्याको कारण
१. परिस्थितिजन्यकारण
२. मानसिकवाभावनात्मककारण
१. परिस्थितिजन्यकारण
– सम्बन्ध विच्छेद
– पारिवारिक समस्या
– शारीरिक समस्या (कुनै जटिल रोग)
– लागु औषधदुव्र्यसन
– भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्यवा सामाजिकव्यक्तित्व (जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर
– रिसको आवेगमा
– जिज्ञासाको कारण (बालबालिकामाहुन सक्ने)
– स्कुलवाकार्यक्षेत्रमा समस्या
– बेरोजगारी
– आर्थिक तथाकानुनी समस्या
– कुनै पनि समस्याजसको समाधानकतै पनि देखिदैन

२. मानसिकवाभावनात्मककारण
– निराशाबादीचिन्तन
– जीवनप्रतिको अवमूल्यन
– बाँच्नुको औचित्यनदेख्नु
– जीवनमाकुनै उद्देश्यनहुनु
– मानसिक समस्या (डिप्रेशन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया)
– बढी खाने वानखाने समस्या (इटिङ डिसअर्डर)
आत्महत्यागर्ने मानिसले देखाउने लक्षण
– आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गरेको हुन्छ । अरुको लागिउसको कुरा जोक जस्तो लाग्नपनि सक्छ ।
– आत्महत्यागर्नको लागिप्रयोग गरिने साधन (डोरी, चक्कु, विषादिऔषधीआदि) तिर बढी आकर्षित हुन्छ । उसले योजनाबनाइरहेको हुन्छ, कुनचीजद्वारा सजिलै मर्न सकिन्छ ।
– साथीभाइ, आफन्तसँगबिदामागिरहेको हुन्छ । परिवारको लागिआफू गएपछि पर्न सक्ने अप्ठ्यारोको लागिपनि सकेसम्मव्यवस्थामिलाउनखोजिरहेको हुन्छ । आफ्ना सामानहरु अरुलाई बाँड्न सक्छ, जुनपहिलाआफ्नो स्वामित्वमा राखेको हुन्छ ।
– दुःखी, निराश देखिन्छ ।
– आफ्नो बारेमालापरवाहीहुँदै जान्छ ।
– पहिले खुसीले गर्ने कामप्रति रुचिकमहुँदैजान्छ ।
– धुम्रपान, मद्यपानगर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छ ।
– अरुबाटअलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छ ।
– आफूप्रति घृणाको भाव देखाउन थाल्छ ।
– अचानकखुसी र शान्त देखिन थाल्छ । माथिका लक्षणमध्ये केही लक्षण केही समय अघिदेखि देखिएको छ । एक्कासीखुसी देखियो भने त्यो व्यक्तिले मर्नको लागि पूरै योजनाबनाइसक्यो । अबउसले आफ्नो जीवन समाप्तगर्दैछ भनेर बुझ्दा हुन्छ ।
आत्महत्याजुनसुकै उमेरकामानिसले पनि गर्छन् । तर पनिविशेषगरि १५ वर्षदेखि ३५ वर्षसम्मकाव्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ । यो उमेर भनेको सिर्जनशीलउमेर हो । यस्तो उमेरमाकुनै व्यक्तिले आत्महत्याग¥यो भने उसको परिवारमा कस्तो अवस्थाआइपर्ला यो कुरा सोच्नपनिगारो हुन्छ । मर्ने इच्छा कसैलाई हुँदैन तर पनिमानिसले आफैँलाई मार्न तयार हुन्छ, चाहे जुनसुकै कारणले किननहोस् । यसलाई रोकथामगर्नु अति नै आवश्यक छ ।
रोकथामकाउपाय
१. लक्षणको पहिचान
आत्महत्या रोकथामको लागि सबभन्दा महत्वपूर्ण र पहिलो कामभनेको आत्महत्यागर्ने व्यक्तिले देखाउने लक्षणको बारेमा स्पष्ट हुनु आवश्यक छ । कुनै पनिव्यक्तिले एक्कासीआत्महत्याको प्रयास गर्दैन । विभिन्न रिसर्च अनुसार आत्महत्यागर्ने व्यक्तिमध्ये ८०—९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ । बाँकी केहीले रिसको आवेगमाआएर वाबालबालिकाको हकमा जिज्ञासाको कारणले पनिआत्महत्याभएको पाइएको छ । त्यसैले परिवारको सदस्यवा साथीभाइमा यस्ता लक्षणहरु देखिनथालेमाउक्तव्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।
२. प्रश्न सोध्ने
साथीभाइतथा परिवारकाकुनै पनि सदस्यमायदि यस्ता किसिमकाकुनै लक्षण देखिनथालेमाउक्तव्यक्तिसँगउसको समस्याको बारेमा सोधपुछ गर्नुपर्छ । सोधपुछ गर्ने व्यक्तिलाई समस्याभएको व्यक्तिले विश्वास गर्ने पनि हुनुपर्छ । विश्वासिलो व्यक्तिलाई मात्रमनको कुरा पोख्न सक्छ । त्यसैले उसका समस्याकाबारेमा राम्ररी धैर्यताका साथ सोधपुछ गर्नुपर्छ । जस्तै—आत्महत्याको विचार कहिलेदेखि आउनथाल्यो ?दिनमा यस्तो विचार कति पटक आउँछ वाकहिले कहिले आउँछ ?
३. कुरा सुन्ने
समस्याग्रस्त व्यक्तिजब कुनै व्यक्तिप्रतिविश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्याव्यक्तगर्न सक्छ । उसले भनेका सबै कुरा बिनापूर्वाग्रह (ननजजमेन्टलभएर) सुनिदिनुपर्छ । ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ । उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ । सुन्ने व्यक्तिलाई उसको कुरा सामान्यलाग्न सक्छ तरत्यही कुराउसको लागिभयङ्कर पीडादायीभएको हुन सक्छ । यस्तोअवस्थामाउसलाई सल्लाह, सुझावदिने, तर्क वितर्क गर्ने, नैतिकताको शिक्षादिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक मायामोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो । यसले झनउत्साही बनाउछ आत्महत्यागर्न । त्यसैले उसकाप्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ ।
४. उपचारको लागि सहयोग
वास्तवमा मान्छे मर्न चाहदैन । उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्तहुने अन्तिमविकल्पको रुपमा रोजेको एउटा बाटो हो आत्महत्या । यो अवस्थामापुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केहीमानसिक राहतदिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्यविशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ । उनीहरुको सल्लाहबमोजिमउपचार गराउनुपर्छ । फलोअपमा लैजानुपर्छ । यस बाहेक पनिउसलाई खानपानमा हेरचाहगर्ने, शारीरिक क्रियाकलापतिर विस्तार विस्तार अग्रसर गराउने, एक्लै हुननदिने जस्ता कुराहरुमाध्यानदिनुपर्ने हुन्छ ।
अत्यन्त महत्वपूर्ण कुरा
आत्महत्याको सबभन्दा ठूलोकारक तत्वभनेको डिप्रेशनहो । हालसम्मको रिसर्च अनुसार आत्महत्यागर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको सिकार भएको पाइएको छ । डिप्रेशनको औषधीखाइरहेको बेलामाआत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ । त्यसैले पहिलो पटक डिप्रेशनको औषधीखुवाइरहेको छ वामात्रा परिवर्तन गरिएको छ भने त्यो व्यक्तिलाई विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । किनकिऔषधीले पनिआत्महत्याको विचार आउन सक्छ । सुरुका २ महिनाआत्महत्याको खतरा बढी हुने संभावना हुन्छ । औषधीखाइरहेको छ अब केहीहुन्नभनेर ढुक्क हुनुहुँदैन ।
यदि सहयोग चाहिएमानिम्न ठेगानामा सम्पर्क गर्नसक्नुहुन्छ ः
महाराजगन्ज टिचिङ अस्पतालको साइकोलोजी डिपार्टमेन्ट
मानसिक स्वास्थ्य अस्पताल, पाटन
अथवाआफ्नो पहिचानमाभएका मेन्टल हेल्थप्रोफेशनलहरु
आत्महत्याआफैँमा एउटा जटिल समस्याभएपनियसलाई न्युनिकरण गर्न सकिन्छ । त्यसको लागि एक व्यक्तिवा संस्थापर्याप्तहुँदैन । देशका सम्पूर्ण अंगहरु जस्तै सरकारको माथिल्लो तहमा रहेर नीतिनिर्माण गर्ने देखि लिएर त्यसलाई कार्यन्वयनगर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, संचार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । तब मात्रहामीले आशातित सफलताहासिलगर्न सक्छौँ ।

महालक्ष्मीआचार्य (मनोसामाजिक परामर्शदाता)
सारथि फाउण्डेशन नेपाल,९८४३२२८४५१acharyamla@gmail.com

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!