Loading... आजः शनिबार , श्रावण १२, २०८१

आन्तरिक उडानमा नयाँ विमान थप गर्न मन्त्रीको निर्देशन


नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिनु भएको छ। निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग संयुक्त छलफलमा मन्त्री भट्टराईले सो निर्देशन दिनु भएको हो। उहाँले आन्तरिक तर्फ दुईबटा मात्र टुइनटर जहाज भएको र त्ससले माग धान्न नसेको साथै दुर्गभ क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउँदै तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिनु भएको कारोबार अनलाइनले लेखेको छ।मन्त्री भट्टराईले निगम पब्लिक मोडलमा लैजानका लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, सञ्चयकोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न भन्नु भएको छ। निगम ऐतिहासिक एयरलाइन्स भएकाले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिनुभयो। मन्त्री भट्टराईले निगमको स्थिति सुधारका लागि आ–आफनो विभागबाट तत्कालिन र दीर्घकालिन योजना बनाएर अघि बढन आग्रह गर्नुभयो। निगम ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पति (जग्गा) व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गर्नुभयो।

मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशील घिमिरलेलाई निर्देशन दिँदै खर्च कटौती तथा मितव्ययिता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गर्नुभयो। जेनरल सेल्स एजेन्ट (जिएसए) तोक्दा प्रतिस्पर्धी, क्षमतावान ऐजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा उहाँले जोड दिनुभयो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!