Loading... आजः शनिबार , श्रावण १२, २०८१

आन्तरिक हवाई उडानका विषयमा अन्यौलता


वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) ले सरकारको पछौटेपनका कारण आन्तरिक हवाई उडानका विषयमा अन्यौलता बढेको बताएको छ। सञ्चालकहरुले कोरोना संक्रमण हुनै नदिने गरी सम्पूर्ण स्वास्थ्य मापदण्डहरु पुरा गरेर उडान गर्ने बताएपनि सरकारी पछौटेपनका कारण आन्तरिक उडानमा ढिलाइ भएको सञ्चालक संघको भनाई छ।

सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले सम्पूर्ण ‘स्वास्थ्य प्रोटोकल’ पुरा गरी उडानको तयारी अवस्थामा सञ्चालकहरु भएपनि सरकारको पछौटेपनका कारण समस्या देखिएको बताउनुभयो। विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल वायु सेवा निगमले जारी गरेका मापदण्डअनुसार आन्तरिक उडान गर्न सञ्चालकहरु सक्षम रहेपनि खुला नगरेको भन्दै उहाँले तीव्र असन्तुष्टि जनाउनुभयो।

भदौ १६ गतेबाट विदेशमा अलपत्र नागरिकहरुको उद्धारका लागि सरकारले नियमित अन्तर्राष्ट्रिय उडानहरु खुला गरेपनि आन्तरिक उडान खोलेको छैन।

Insert your Ads code here

मौद्रिक नीति मार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्र र वायु सेवा क्षेत्रका लागि सकारात्मक निर्णय गरेपनि सरकारले अहिलेसम्म वायु सेवा क्षेत्रलाई पर्यटन उद्योगमा राख्ने की यातायातमा राख्ने भन्ने निर्णय समेत गर्न सकेको छैन। कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले गत वर्षको चैत ११ गतेबाट लक डाउन गरेको नेपालखबर अनलाइनमा खबर छ।

४ महिनाको लक डाउन सकिएपनि आन्तरिक हवाई उडानहरु सञ्चालन हुन सकेका छैनन्। सरकारले केही दिनअघि विदेशमा अलपत्र नागरिकलाई उद्धार गर्न उद्धार उडान र अन्तर्राष्ट्रिय नियमित उडान सुरु गर्ने निर्णय गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!