Loading... आजः शनिबार , श्रावण १२, २०८१

आपसी सहमतिमा व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत


आपसी सहमतिमा व्यापार पूर्वाधार निर्माण गर्न नेपाल-चीन सहमत भएका छन्। नेपाल-चीन व्यापार संयुक्त कार्यदलको मंगलबार सम्पन्न भचुर्अल पहिलो बैठकमा यस्तो समझदारी बनेको उद्योग वाणिज्य तथा अपिर्ति मन्त्रालयले जनाएको छ ।’आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण गर्न दुबै मुलुक सहमत भएका छन्,’ बार्तामा सहभागी मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले भन्नुभयो।

अनलाइनखबरका अनुसार बैठकमा नेपाल-चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड-१९ को सङ्क्रमणबाट बच्ने सबै उपायहरु अपनाई नाका सुचारु गर्ने विषयमा पनि दुवै पक्ष बीच सहमति भएको उहाँले बताउनुभयो।

नेपालमा चीनियाँ लगानी अभिवृद्धि गर्ने तथा नेपाल र चीनबीच भएको पारवहन-ढुवानी सम्झौताको कार्यन्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ। बैठकमा नेपालकोतर्फबाट नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं नेपाल-चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए।

Insert your Ads code here

चीनकोतर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक श्री पेङ् गाङ्ले नेतृत्व गरेका थिए। उक्त कार्यदलमा नेपाल र चीनकोतर्फबाट ११-११ जना प्रतिनिधि छलफलमा सहभागी भएका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!