Loading... आजः बुधबार , चैत्र १२, २०८१

आफन्तको सहयोगमा जनप्रतिनिधिले बाँडे खाद्यान्न


 

 

  • मंगलबार जेठ २५ , २०७८

बर्दिया । गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्य युवराज श्रेष्ठले आफन्तको सहयोगमा वडाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका छन् । क्यानाडा वसोवासगर्दै आएका वहिनी जुवाई लगायत साथीभाईहरुको सहयोग मार्फत खाद्यान्न संकलन गरी मजदुरी गरेर खाने विपन्न परिवारलाई राशन उपलब्ध गराएका हुन् ।

Insert your Ads code here

विश्वब्यापी कोभिडले तहस नहस पारीरहेका बेला लामो समयदेखि लकडाउन भै जिविकोपार्जन गर्न नसकेका दैनिक मजदुरी गरेर खाने परिवारलाई खाद्यान्न उपलब्ध गराएको वडा सदस्य युवराज श्रेष्ठले बताए । साथीभाई लगायत परिवारले पठाएको २ लाख १८ हजार रुपैयाबाट प्रति परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, सोयाविन, नून लगायतका खाद्य पदार्थ उपलब्ध गराएको छु । हाल सम्म मतंगा, वालापुर स्थित हरियाली टोल, रामबाघ लगायतका क्षेत्रका ९२ घरपरिवारलाई श्रेष्ठले राहत उपलब्ध गराएका छन् ।

राज्यको आँखा नपरेको क्षेत्रमा एकल प्रयासमा आफन्त लगायत साथीभाईको सहकार्यमा जनप्रतिनिधिले कोभिडका बेला दुःखमा परेका मजदुरलाई खाद्यान्न राहत उपलब्ध गराएर धर्म गरेको गुलरिया नगरपालिका वडा नम्वर ५ रामबाघकी राधिका परियारले बताईन् । राहतले मजदुर बर्गहरु खुशी भएका छन् । आवस्यक परे थप राहत उपलब्ध गराईने वडा सदस्य श्रेष्ठको भनाई छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!