Loading... आजः शनिबार , श्रावण १२, २०८१

आफ्नी नाबालिक छोरीहरूसित यौनउत्पीड़न गर्ने पिता पुलिसको पञ्जामा


गान्तोक, 27 अगस्त । दक्षिण सिक्कमको जोरथाङ पुलिसले एक 44 वर्षको व्यक्तिलाई आफ्नै दुई छोरीसित यौन उत्पीड़न गेरको आरोपमा पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार सुरेश प्रधान नामक व्यक्तिले आफ्नै 14 र 16 वर्षका दुई छोरीलाई यौन उत्पीड़न गरेपछि पुलिसले पक्राउ गरेको हो। आरोपीको विरूद्धमा पुलिसले पोक्सो र आइपीसीको धारा अन्तर्गत मामिला दर्ता गरेको छ। कानुनी प्रावधान अनुसार नाबालिकाहरूको पक्षमा चाइल्डलाइन दक्षिण सिक्किमका अधिकारी अलबिना राई अनि सुदेशना छेत्रीद्वारा थानामा प्राथमिकी दर्ता गरिएको थियो। पुलिस सूत्र अनुसार घटना गत 25 अगस्तको हो ओरोपी पिताले सुम्बुक दक्षिण सिक्किमको आफ्नै घरमा छोरीहरूसित दुष्कर्न गरेका थिए। घटनाबारे 26 अगस्तको दिन चाइल्ड लाइनलाई पिडित नानीहरूले नै 1098 नम्बरमा फोन गरेर जानकारी दिएपछि आरोपी विरूद्ध प्राथमिकी दर्ता गरिएको हो। आरोपी विरूद्ध पोक्सोको धारान 4 अनि 6 र भारतीय दंड संहिता को धारान 376 अन्तर्गत मामिला दर्ता गरिएको छ। आरोपी पितालाई पुलिस हिरासतमा राखिएको छ।
सिक्किममा यो हप्ताभरिमा भएको तेस्रो यौन अपराधको घटना हो। एक हप्ता भीत्रै सिक्किम केन्द्रिय विश्वविद्यालयका एक सह प्राध्यापकले आफ्नै सहकर्मीलाई यौन दुर्व्यावहार गरेको आरोपमा रानीपूल थानाले पक्राउ गरेको छ। यसैगरि सिङताम पुलिसले एकजना 3.4 वर्षकी नाबालिकलाई यौन उत्पीडन गरेको आरोपमा एटीटीसी पोलिटेक्निक कलेजका सह प्राध्यापकलाई पक्राउ गरेको छ। उल्लेखनीय छ सिक्कममा हरेक वर्ष यौन अनि बाल यौन अपराधको मामिला बढिरहेको छ। पुलिस विभागको आँकडा हेर्ने हो भने हरेक वर्ष मामिला बढिरहोक छ। पछिल्लो जुन महिनासम्म 50 भन्दा अधिक मामिला भएको छ भने सर्वाधिक पूर्व जिल्लामा 44 प्रतिशत हुने गरेको छ भने दक्षिण जिल्लामा 33 प्रतिशत अनि पश्चिम जिल्लामा 17 र उत्तर जिल्लामा 5 प्रतिशत यौन हिंसाको घटना आउने गरेको पुलिसको तथ्याङ्कले बताउँछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!