Loading... आजः मंगलबार , माघ १, २०८१

आभार प्रकट



कोठियाघाट राष्ट्रिय साप्ताहिक पाँचौ बसन्त पुरा गरी छैठोमा प्रवेश गरीरहेको समयमा कोठियाघाट अनलाईनको जन्म भएको छ । समुदायको आफैनै संचार हुनु पर्छ भन्ने सोचले १ दशक अगाडी देखीको प्रयास पछि स्थापना भएको कोठियाघाट राष्ट्रिय साप्ताहिक स्थापना (जन्म ) २०७२ साल फागुनमा भएको थियो । संचारलाई माया गर्ने राजापुर क्षेत्रमा संचार स्थापितका लागि सहयोग गर्ने आदणिय दाजु संचार अभिभावक स्व. मान बहादुर खत्री र म संचालक तथा संचारकर्मि गान्दीप कायस्थलाई जन्म दिने मेरा बुवा बसन्त लाल कायस्थ प्रति हार्दिक शद्धा सुमन प्रकट गर्न चाहन्छु ।
स्व.मान बहादुर खत्रीकै कारण मैले १० बर्ष अगाडी राजापुरमा बसी राजापुर टाइम्स स्थापना गरी राजापुर क्षेत्रबाट दिगो संचार संचालन गर्ने प्रयास गरे तर केही कारणले त्यस पत्रिका छाड्नु प¥यो त्यसपछि दर्ता कोठियाघाट राष्ट्रिय साप्ताहिक नामक पत्रिका दर्ता गरी संचालनमा ल्याए । यस कोठियाघाट नामाकरण गर्ने आदणिय दाजु अर्जुन सुवेदी प्रति पनि आभार प्रकट गर्न चाहन्छु । जनताले संचार अनुभूति गर्न सकोस भन्नका लागि तत्कालका नेकपा माओवादीका युवा नेता हाल प्रदेश नं ५का सासद दिपेश थारु लगायत नेपाली काग्रेशका आदणिय व्यक्तित्व साथै समाज सेवी यस पत्रिका तथा अनलाईनका प्रमुख व्यवस्थापक विदुर पोखरेल, क्याम्पस प्रमुख तथा यस पत्रिकाका सम्पादक अनिल दत्त चौधरी ज्यूहरुप्रति पनि आभार प्रकट गर्न चाहन्छु । हिजोका दिनमा र हाल सम्म पत्रिका संचालन व्यवस्थापनमा सहयोग पुराउने राजापुर नगरपालिका परिवार, बर्दिया उद्योग वाणिज्य संघ परिवार व्यापारी, शिक्षक तथा गुरुवर्ग,बिज्ञापनदाता शुभ चिन्तक संचारकर्मि मित्र,नेपाल कम्यूनिष्ट पाटी, नेपाली काग्रेश लगायत राजनितीक पाटीहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।
कोभिड १९को कारण संचार क्षेत्रमा परेको असरमा यस पत्रिका पनि अछुटो रहन सकेन । आधुनिक संचारको बिकास भइरहेको समयमा ग्रामिण क्षेत्रका समाचार तथा अन्य सामाग्रीहरु विश्व व्यापी गर्नका लागि यस कोठियाघाट अनलाईनको जन्म भएको हो । पत्रिकामा समेटन नसकेका बिषय वस्तुहरु यस अनलाईनले प्रकासन प्रशारण गर्नेछौ । राष्ट्रको चाथौ अंगको रुपमा रहेको संचार समुदायको सम्पति हो । समुदायको हितका लागि यसले काम गर्ने छ भन्ने विश्वस्थ दिलाउन चाहन्छु । पत्रिका स्थापनाको समय देखी नै जोड दिदै आइरहेको सकारात्मक सोचले विस्तार गर्न सकारात्मक पक्षलाई बढी जोड दिने प्रयास गर्ने छु ।
अन्त्यमा जसरी हिजोका दिनहरुमा तपाईहरु सबैले सहयोग पुराउनु भयो आज पुर्न दोस्रो सन्तानको रुपमा अनलाईन पत्रिकाको जन्म भएको छ यसलाई पनि तपाईहरु सबैको माया र सहयोग सल्ला सुझावको खाचो छ । हिजोका दिन सहंयोग पुराउने सम्पुर्ण व्यक्तित्वहरु प्रति हार्दिक धन्यवाद तथा आभार  प्रकट गर्न चाहन्छु ।

                                                                    संचालक तथा कार्यकारी सम्पादक

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!