Loading... आजः शनिबार , श्रावण १२, २०८१

आमा नेपाली, बाउ नेपाली , छोरा चाइ का को ?


बर्दिया राजापुर
नागरिकता विहीन संघर्ष समितिले ईलाका प्रशासन कार्यालय राजापुरमा राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक कार्यान्वयमाग राख्दै नारा बाजी गदै गरेका छन् ।
राजापुर क्षेत्रमा बसोवास गरेका नागरिकता नपाएका युवाहरुले “आमा नेपाली बाउ नेपाली छोरा चाइ का को भन्ने प्रश्नका जवाफ माग्दै आफुहरुले नागरिकता पाउनु पर्छ माग राखेका थिए ।
त्यस्तै राष्ट्रपतिद्वारा प्रमाणिकरण भएको नागरिकता विधेयक कार्यान्वय नभए कडा आन्दोलन गर्ने चेतावनी दिईएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाई नागरिकता विधेयक कार्यान्वय नभए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी नागरिकता पिडित संघर्ष समिति बर्दियाले दिएको हो ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नागरिकता विधेयक २०७९ पहिलो संसोधन बहुमतले पहिलो र दोस्रो पटक पारित भई तत्कालीन राष्ट्रपतिबाट रोक लगाई विचाराधीन अवस्थामा रहेको थियो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १७ गते नागरिकता विधेयक प्रमाणिकरण भई गृह मन्त्रालयलाई आदेश दिएको तर, केही पार्टी र अन्य निकायले बिरोध जनाउँदा सर्वोच्च अदालतबाट रोक्का भएको छ ।

प्रमाणिकरण नागरिकता विधेयक कार्यान्वयमा ल्याउन माग गर्दै जिल्ला प्रशासन मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाईएको नागरिकता पिडित संघर्ष समिति बर्दियाका अध्यक्ष वृजेश रायले बताए । यदि प्रमाणिकरण विधेयक कार्यान्वय भएन भने आन्दोलन गर्न बाध्य हुने अध्यक्ष रायले चेतावनी दिएका छन् ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!