Loading... आजः शनिबार , श्रावण १२, २०८१

आमा


 

 

Insert your Ads code here

आज म जहाँ छु, यसको श्रेय मेरी आमालाई जान्छ । – महात्मा गान्धी यदि कँही कतै निस्वर्थ प्रेम छ भने त्यो आमाको प्रेममा छ ।

आज म जहाँ छु, यसको श्रेय मेरी आमालाई जान्छ । – महात्मा गान्धी

यदि कँही कतै निस्वर्थ प्रेम छ भने त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन-शिक्षा सिकाउने गुरू छ भने त्यो आमा नै हो । यदि कतै इश्वर छन् भने त्यो आमा नै हो जसले तिमीलाई जीवन दिइन् र अघि बढ्नलाई तयार गराइन् ।

आमा महान् हुनुहुन्छ, जसले तिमीलाई आजको स्थानसम्म ल्याउन एक एक पसिनाको मोल तिर्नुभएको छ । ति तिम्रो आमा हो, जसले तिमीलाई दश महिना कोखमा राखिन् । हर पिडा र व्याथाका वावजुद तिमीलाई ताते गराएर हिड्न सिकाइन्, एक एक शब्द बोल्न सिकाइन्, लड्दा उठ्न सिकाइन्, संसारमा प्रेम सिकाइन् । तिनी आमा हुन्, जसले तिम्रो आँखामा आशू भरिदा आफ्नो पटुकीको छेउले पुसिदिन्छिन्, तिमी खुसी हुदाँ तिमीसँदै मुस्कुराउछिन् । उहाँ हुनुहुन्थो र त तिमी आज यहाँ छौ । यसर्थ उनलाई कहिल्यै हेला नगर्नु, किनभने तिमलाई यहाँसम्म ल्याउन उनले आधा जवानी त्याग गरेकी छिन् ।

प्रेरक संसारबाट साभार

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!