Loading... आजः शनिबार , श्रावण १२, २०८१

आम्फानले सिक्किम दार्जीलिङमा ठूलो पानी-झरी ल्याउनेछ- डा. राहा


गान्तोक, 20 मई। समुद्री तुफान आम्फानले गर्दा सिक्किमको चारै जिल्लामा दुईदिनसम्म मुसलधारे पानी पर्ने सम्भावना रहेको छ भने छिमेकी क्षेत्र दार्जीलिङ र कालेबुङ जिल्लामा भने सिक्किममा भन्दा अझ धेरै आम्फानको प्रभाव देखिने छ। यस प्रकारको मन्तव्य भारत सरकारको मौसम विज्ञान विभागका गान्तोक केन्द्रका निर्देशक डा. जीएन राहले सतर्कता अवलम्बन गर्ने आह्वान सितै पूर्वानुमान दिएका छन्। उनले आज अपराह्न बङ्गोप सागर हुँदै बङ्गाल र उडिसाको जमीनसित ठोकिन पुग्ने अम्फानले सिक्किममा भन्दा उत्तर बङ्गालको दार्जीलिङ र कालेबुङमा धेरै पानी पार्ने बताए।
उनले भने, आज र भोलि दिनभरी नै सिक्किमलगायत दार्जीलिङ, कालेबुङ क्षेत्रमा पानी परिरहने पूर्वानुमान रहेको अनि त्यसमा सिक्किमको चारै जिल्लामा सातदेखि बाह्र सेण्टिमिटर पानी पर्ने जुन ब्यापक मान्न सकिने अनि दार्जीलिङ कालेबुङ क्षेत्रमा भने 7 देखि 20 सेण्टिमिटर पानी पर्ने सम्भावना रहेको जुन अति व्यापक मान्न सकिने भएकोले सिक्किम भन्दा अम्फानको प्रभाव दार्जीलिङ र कालेबुङ क्षेत्रमा देखिने बताए। यसको मुख्य कारण दक्षिणी हवाको निम्ति दार्जीलिङ र कालेबुङ क्षेत्र खुल्ला रहेको हुनाले अम्फानको सीधा प्रभाव यस क्षेत्रमा पर्ने अनि हावा सोझै ठोकिने भएकोले वृष्टिपनि हुने बताए।
अर्कोतिर आज दिउँसो देखि नै राजधानी गान्तोक तथा अन्य जिल्लामा पनि पानी परिरहेको छ भने दार्जीलिङ कालेबुहमा पनि हल्का झरी आइरहेको छ। मानिसहरू वर्खा नलागिनै छाता बोकेर बाहिर निस्किन परेको छ।
मौसम विभागले भऩे सिक्किम र सम्बन्धित क्षेत्रहरूमा लगातार पानी परिरहने र आज उत्तर, पूर्व, पश्चिम र दक्षिण जिल्लामै पानी पर्ने छ भने भोलि पूर्व उत्तर र दक्षिण जिल्लामा बाक्लो झरीपर्ने बताएको छ। 1999-को आएको फानी तूफान पछि आएको यो ठूलो तुफान हो। डा. राहाले बताएसअनुसार गाङ्गेयिय र बङ्लादेश कोष्टमा टक्कर लागेपछि उत्तरपूर्वी भारत तर्फ लाग्ने तूफान जमीनमा ठोकिएपछि बिस्तारै यसको तिब्रतामा कमी आउने बताए।
सिक्किम दार्जीलिङ क्षेत्रमा सोझो प्रभाव नभएपनि अप्रत्यक्ष प्रभावकोरूपमा मुसलधारे वृष्टिले पहिरो चलेर सडक सम्पर्क र भिजिविलिटीमा भने प्रेभाव पार्नसक्ने देखिएको छ। जुन अप्रत्यक्ष प्रभावकोरूपमा भएपनि त्यसको असर झन नै दीर्घकालिन हुनेछ। विशेष गरेर सिलगडीसित जोड्ने सिक्किमको एक्लो राजमार्ग व्यापक वृष्टिको कारण पहिरोले प्रभावित हुनसक्ने भएकोले तूफानको खतराकोरूपमा मान्न सकिनेछ । यसरी नै अन्तरर्राज्य सडक मार्ग र सिक्किम दार्जीलिङ जस्तो पहाडी भेकको जमीनमा वृष्टि थाम्न सक्ने क्षमता कम्ति भएको कारण पहिरोको चपेटमा भने यी क्षेत्रहरू पर्न सक्ने डा. राहाको अनुमान छ। यसरी नै साविक झैं यसचोटी पनि सिक्किम दार्जीलिङ क्षेत्रमा 15 जुनदेखि मात्र बर्खा लाग्ने अर्थात मनसूनको प्रभाव शुरुहुने मौसम विभागले पूर्वानुमान लगाइसकेको पनि उनले बताए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!