Loading... आजः शनिबार , श्रावण १२, २०८१

आम नागरिकहरू मिलेर श्रमिकहरुको योगदानलाई कदर गरौं: अध्यक्ष विमल गुरुङ


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङले मई दिवस अर्थात “मई दिवस” जसलाई हामी “अन्तराष्ट्रिय श्रमिक दिवस” का अवसरमा बधाई अनि शुभकामना ब्यक्त गर्नुभएको छ। उहाँले अाज १ मई २०२० का दिन एक विज्ञप्ति जारी गर्दै “कुनै पनि स्थान वा देशकाे निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको हुन्छ। हाम्रो दार्जीलिङ पहाड तराई डुवर्सको उन्नतिमा पनि चिया बगान – सिन्कोना बगान – एवं अन्य साधरण श्रमिकहरुको एकदमै ठूलो योगदान रहेको छ – आज उनै श्रमिक दाजु भाई दिदी बहिनीहरूलाई म हृदयबाट नमन गर्न चाहन्छु” भन्नुभएको छ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङद्वारा मई दिवसका अवसरमा जारी विज्ञप्ति:

# बधाई अनि शुभकामना #
दिनांक – १ मई २०२०

Insert your Ads code here

आज १ मई अर्थात “मई दिवस” जसलाई हामी “अन्तराष्ट्रिय श्रमिक दिवस” भनेर पनि बुझ्दछौं – यसको उपलक्ष्यमा दार्जीलिङ पहाड तराई डुवर्सका सम्पूर्ण श्रमिक वर्ग एवं आम नागरिकलाई म गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु। कुनै पनि स्थान वा देशकाे निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको हुन्छ। हाम्रो दार्जीलिङ पहाड तराई डुवर्सको उन्नतिमा पनि चिया बगान – सिन्कोना बगान – एवं अन्य साधरण श्रमिकहरुको एकदमै ठूलो योगदान रहेको छ – आज उनै श्रमिक दाजु भाई दिदी बहिनीहरूलाई म हृदयबाट नमन गर्न चाहन्छु।

म आफू पनि एक श्रमिक आमाको सन्तान भएको कारणले मलाई श्रमिकहरु प्रत्येकको दुःख पिडा थाह छ – यसैले म जहिले पनि श्रमिक वर्गको जीवनस्तरमा सुधार आएको हेर्न चाहन्छु र त्यसको निम्ति मेरो प्रयास सधैं जारी रही आएको छ।

आजको दिन सबै आम नागरिकहरू मिलेर श्रमिकहरुको योगदानलाई कदर गरौं भन्ने आव्हान गर्न चाहन्छु – उनीहरु छन् र नै हाम्रो माटो उर्वर भएको छ भन्ने बुझौं। अन्तमा श्रमिक एकता सधैं कायम रहोस – श्रमिक वर्गको सधैं जय होस – सबै सबैलाई “मई दिवस” को बधाई अनि शुभकामना।

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रिय समिति।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!