Loading... आजः शनिबार , श्रावण १२, २०८१

आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली : प्रम अाेली


प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालकाे माैलिक चिकित्सा प्रणाली रहेकाे र निराेगी नेपाल निर्माण अभियानमा यसकाे असाधारण भूमिका हुने स्पष्ट गर्नुभएको छ।
काेभिड-१९ काे उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उहाँले आयुर्वेदभित्रै याेगा पनि पर्ने बताउनु भयाे। उहाँले भन्नुभयाे- आयुर्वेद खासमा आैषधि र आराेग्य विज्ञान दुबै हाे।
उहाँले मेशीनहरू एलाेपेथिक नभएकाे प्रष्ट पार्नुहुँदै आयुर्वेदमा अाधुनिक प्रविधि, अनुसन्धान र आैद्याेगिकरणकाे प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जाेड दिनुभयाे।
आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले याेगमाया विश्वविद्यालय स्थापना गरेकाे र यसमार्फत भविष्यमा सिंगाे विश्वकाे ध्यानाकर्षण गरी आयुर्वेद र याेगाकाे विकास गर्ने लक्ष राखिएकाे उल्लेख गर्नुभयाे।
निराेगी नेपाल निर्माणमा आयुर्वेदकाे भूमिका व्यापक बढाउन सरकार दृढ रहेकाे धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गर्नुभयाे – हाम्रा पूर्वजहरूले आैषधिमय खानपानकाे प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामाे अनुुभव र प्रयाेगबाट आैषधिमय तत्वकाे पहिचान र प्रयाेग गरेका बताउनुभयाे।
काेभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयाेगात्मक मात्रै नबबनाउन र यसकाे प्रयाेगलाई बढाउन समेत सबैकाे ध्यानाकर्षण गराउनुभयाे।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” का साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिनुभएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयाेगी घरेलु विधिहरूकाे सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसकाे व्यापक प्रचारप्रसार गर्न पनि जाेड दिनुभयाे।
उक्त अवसरमा आयुर्वेद विभागका महानिर्दैशक वासुदेव उपाध्याय, डा.ऋषिराम काेइराला, डा. प्रदीप केसी, विनाेद पाैडेल, डा. रामआधार यादव, डा. सन्ताेष ठाकुर, प्रा.डा. डीबी राेका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्नुहुँदै प्रधानमन्त्रीकाे तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलाेपटक परामर्श गरिएकाेमा विशेष आभार र धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे।
पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराउनुभएकाेमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेकाे अनुभूति राख्नुभयाे।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!