Loading... आजः शनिबार , श्रावण १२, २०८१

आवश्यक थप स्वास्थ्य सामग्री ल्याउन बिहीबार र आइतबार विमान चीन जाने


कोरोना संक्रमणका लागि आवश्यक स्वास्थ्य सामग्रीहरुको दोस्रो र तेस्रो खेप ल्याउन बिहीबार र आइतबार विमान चीन जाने भएको छ। नेपाल वायुसेवा निगमको वाइड बडी विमानले आइतबार चीनसँग नेपालले किनेका स्वास्थ्य सामग्रीको पहिलो खेप काठमाडौँ उतारेको थियो। स्वास्थ्य विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले बाँकी रहेको स्वास्थ्य सामग्री लिन बिहीबार विमान चीन पठाउन लागेको बताउनुभयो।

आइतबार नेपाली विमानले चीनको क्वाङ्चौबाट विभिन्न स्वास्थ्य सामग्री ल्याएको थियो। जसमा ५ हजार स्थान गगल्स, १० हजार थान गाउन, १ लाख जोडी ग्लोब्स, ५० हजार थानन एन ९५ मास्क, ५ थान पोर्टेबल पीसीआर मेसिन, पोर्टेबल रिजेन्ट किट्स २० हजार वटा, र्यापिड डाइग्नोसाइट किट ७५ हजार थिए।

नेपालखबर अनलाइनका अनुसार चीन सरकार र ज्याक मा फाउन्डेसनलेउपलब्ध गराएका केही सहयोग सामग्री पनि नेपाल आइसकेका छन्। सहयोगस्वरुप प्राप्त बाँकी सामग्री कुन खेपमा ल्याउने भन्ने टुंगो नलागिसकेको श्रेष्ठले बताउनुभयो। ‘ज्याक मा र अन्य व्यापारीहरुले पनि विभिन्न सामग्री उपलब्ध गराउने चाहना व्यक्त गर्नुभएको छ। तर तौल तथा अन्य विषयहरु पनि मिल्नु पर्ने हुन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘ती सामग्रीहरु कहिले ल्याउने भनेर निश्चित भइसकेको छैन।’ अर्बपति माले नेपालसहित विभिन्न देशलाई स्वास्थ्य सामग्री प्रदान गर्ने घोषणा गर्नुभएको थियो।

Insert your Ads code here

निजी क्षेत्रका व्यवसायीहरुले तीन चरणमा गरेर विभिन्न सामग्री उपलब्ध गराउने ओम्नी बिजनेस कर्पोरेट इन्टनेसनल प्रालि (ओबीसीआई)ले जनाएको छ।

यद्यपि चीनबाट सरकारले खरिद गरेको सामग्री महंगो भएको भन्दै विवादित बनेको छ। यसमा अनियमितता भएको आशंका समेत व्यक्त गरिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा स्वास्थ्य सामग्रीको अभाव रहेका कारण बढी रकम तिर्नुपरेको दाबी गर्दै आएको छ। व्यवसायीहरुले भने मिलोमतोमा सरकारी अधिकारीहरुले महंगो मूल्य तिरेको आरोप लगाएका छन्।

नेपालले १ करोड ३ लाख ९० हजार ४ सय अमेरिकी डलर बराबरको औषधि तथा मेडिकल उपकरण खरिद गर्न लागेको हो।

पहिलो खेपमा ल्याएको सामग्रीहरु सात वटै प्रदेशमा वितरण गरिएको थियो। तर, सरकारले उपलब्ध गराएको सामग्री साह्रै थोरै भएको भन्दै प्रदेश सरकारहरुले असन्तुष्टि व्यक्त गरेका थिए।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!