Loading... आजः शनिबार , श्रावण १२, २०८१

इण्डियन अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको प्रेसविज्ञप्ति


प्रधानमन्त्री केपी शर्मा अोली र नेपालका लागि महामहिम चिनियाँ राजदूतविरुद्ध इन्डियाली सञ्चारमाध्यममा प्रसारित अनर्गल प्रलापविरुद्ध ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा मिति २०७७ असार २६ गते प्रेसविज्ञप्ति जारी गरिएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी प्रेसविज्ञप्तिमा भनिएको छ:

यद्यपि प्रधानमन्त्री केपी शर्मा अोलीसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अनेक असहमति छन् , तर नेपालका प्रधानमन्त्रीमाथि इन्डियाली सञ्चारजगत्ले जुन निकृष्ट शैलीको प्रदर्शनबाट चरित्रहत्या गर्न खोजेको छ , ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा त्यसको घोर भर्त्सना र निन्दा गर्दछ। यसका साथै नेपालका लागि महामहिम चिनियाँ राजदूतको कूटनीतिक मर्यादामाथि हिलो छ्यापेर पीत र वेश्या शैलीमा नयाँ दिल्लीले गरिरहेको नग्ननृत्यले `हग्नेलाई भन्दा देख्नेलाई लाज ´ भन्ने नेपाली उखान चरितार्थ गर्नु उत्तिकै निन्दनीय रहेको छ।

केही दिनयता इन्डियाका सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीले उठाएका राष्ट्रियतासँग सम्बन्धित नक्सासंशोधन र नागरिकतालगायतका साहसिक कदमले सिर्जना गरेको राष्ट्रिय तरङ्गबाट विक्षिप्त भएर पत्रकारिताको सामान्य अाचारसंहिता पनि पालना नगरेको देखिएको छ , त्यो इन्डिया सरकारकै सहमतिमा भएको हो भन्न बाध्य हुनुपर्छ। तसर्थ नेपाल र इन्डियाबीचको सम्बन्धका विविध र वृहत्तर अायामलाई इन्डिया अाफैले सङ्कुचित गर्न चाहेको प्रमाणित भएको सन्दर्भमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालका परराष्ट्र मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयले नेपालका लागि इन्डियाली राजदूतलाई बोलाएर तत्काल विरोधपत्र दिनुपर्छ भन्ने जोडदार माग गर्दछ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!