Loading... आजः शनिबार , श्रावण १२, २०८१

इण्डियन विदेशमन्त्री एस जयशङ्करले दिएको अभिव्यक्तिप्रति नेता नेपालकाे आपत्ति


फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता माधवकुमार नेपालले इण्डियन विदेशमन्त्री एस जयशङ्करले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएकाे छ। नेता नेपालले आइतबार अपराह्न ट्विट गर्दै इण्डियन विदेशमन्त्रीले गौतम बुद्धको जन्मस्थानबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। नेपालमा जन्मिएका गौतम बुद्धलाई महान भारतीय भन्दै गरेको प्रचार तथ्यहीन रहेको समेत नेता नेपालको भनाई छ।

नेता नेपालले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकाे पुष्टि भइसकेको अवस्थामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचका सम्बन्धमा प्रतिकूल असर पार्न सक्नेतर्फ ख्याल गर्न ध्यानाकर्षण समेत गराउनु भएको छ।

Insert your Ads code here

इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा नेपालको संसद्मै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट अभिव्यक्ति दिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री नेपालले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहेको बताउनु भएको हो। “यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु”, वरिष्ट नेता नेपालद्वारा जारी भएको ट्विटमा भनिएको छ।

इण्डियन विदेशमन्त्री एस.जयशंकरले भगवान बुद्धलाई महान भारतीय भएको भन्दै विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल लगायत इण्डियामा समेत उनको चर्को आलोचना भैरहेको राताेपाटीले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!