Loading... आजः शनिबार , श्रावण १२, २०८१

इतिहासका कथा र वीरताका विषय समेटेर पदमार्गको विकास गर्न अध्ययन


इतिहासका कथा र नेपाली वीरताका गाथा जोडेर पदमार्गको विकास गर्न गहन अध्ययन भइरहेको छ। इतिहासकार प्रा. दिनेशराज पन्त इतिहासको खोजी गरेर ती ठाउँमा पर्यटक लैजानु भनेको इतिहासको पनि सम्मान हो। यो निकै राम्रो काम हुन जान्छ भन्नुहुन्छ ।

नेपाली सेनाले आफ्नो संयन्त्र परिचालन गरेर देशभरका गढी, किल्लाको अध्ययन गरिरहेको छ। नेपाल भ्रमण वर्ष २०२० कै सन्दर्भमा नेपाल सरकारले एकीकरण पदमार्गको प्रवर्द्धन गर्ने योजनासमेत बनाएको छ। एकीकरण पदमार्गको अध्ययनमा संलग्न तथा नेपाली सैनिक प्रतिष्ठानका प्रा.डा. कमलसिंह राठौर भन्नुहुन्छ– पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा यात्रा गरेका मार्गलाई पहिलो चरणमा अध्ययन गरिएको छ । यो मार्गमा पदयात्रासमेत सम्पन्न गरिएको छ ।

एकीकरण पदमार्गमा इतिहासका यिनै किल्ला र गढी जोड्ने योजना छ, गोरखा पश्चिम र सिन्धुलीगढी पूर्वतर्फ पनि । पहिलो चरणमा नेपाली सैनिकका श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुज गणको सहभागितामा गोरखादेखि काठमाडौँसम्म पदयात्रा गरिएको छ ।

Insert your Ads code here

एकीकरण पदमार्गको अवधारणलाई समृद्ध सिन्धुली अभियानले नागरिक स्तरमा दुई वर्षअघि अगाडि बढाएको थियो। सोही योजना अनुसार हरिहरपुरगढीदेखि सिन्धुलीगढी सम्मको पदयात्रा गत वर्ष सम्पन्न गरिएको थियो । समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरे इतिहासका वीरतापूर्ण कथालाई पर्यटनको प्याकेज बनाउनुपर्छ। यसले स्थानीय खाना, संस्कृति, जनजीवन र आर्थिक समृद्धिसम्म जोड्नुपर्ने गोरखापत्रमा खबर छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!