Loading... आजः शनिबार , श्रावण १२, २०८१

इन्डियाको एक इन्च जमिनमा पनि मेरो मागदाबी छैन, इन्डियाली सञ्चार जगत्को बदनियतको म घोर भर्त्सना गर्दछु: फणीन्द्र नेपाल


ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाका अध्यक्ष फणीन्द्र नेपालले इन्डियाको एक इन्च जमिनमा पनि मेरो मागदाबी छैन। मेरो र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको शान्तिपूर्ण मागलाई गलत रूपमा प्रस्तुत गर्ने इन्डियाली सञ्चार जगतकाे बदनियतको म घोर भर्त्सना गर्दछु उल्लेख गर्दै विज्ञप्ति जारी गर्नुभएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका गतिविधिलाई लिएर ईण्डियन सञ्चार माध्यम अाजतकले समाचार प्रशारण गरेपछि अभियन्ता नेपालले त्यसका विरुद्ध विज्ञप्ति जारी गर्नुभएको हो।

नेपालभित्र र बाहिर पनि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाकाे गतिविधि र यसका अध्यक्ष नेपाललाई उल्लेख गरेर अनेकौं भ्रमहरु सिर्जना गर्ने दुष्प्रयास भइरहेकाबीच आफूलाई इन्डियाको सबैभन्दा ठूलो समाचार प्रतिष्ठान भएको दाबी गर्ने इन्डियाली समाचार संस्थाले गरेको प्रचारबाजीविरुद्ध प्रेसविज्ञप्ति जारी गरेको अभियन्ता नेपालले अाफ्नाे विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।
अभियन्ता नेपालले जारी गरेको विज्ञप्ति: अाफुफूलाई इन्डियाको सबैभन्दा ठूलो समाचार प्रतिष्ठान भएको दाबी गर्ने इन्डियाली समाचार संस्थाले गरेको प्रचारबाजीविरुद्ध प्रेसविज्ञप्ति।

विगत केही दिनयता ग्रेटर नेपाल र यसमा मेरो प्रतिबद्धता र संलग्नतालाई लिएर आफूलाई इन्डियाको सबैभन्दा ठूलो न्यूज च्यानल भनेर दाबी गर्ने `अाज तक´ नामक सञ्चारमाध्यम सहित अन्य इन्डियाली समाचार संस्थाहरूले अतिरञ्जित ढंगले समाचार प्रकाशन-प्रसारण गरेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
मैले सुगौली सन्धिमा नेपालले गुमाएको जमिन सुगौलीसन्धिकारी पक्ष बेलायत नै यस क्षेत्रबाट विस्थापित भएपछि त्यो जमिन इन्डियाले कब्जा गर्ने होइन, नेपाललाई ससम्मान फिर्ता गर्नुपर्छ भन्दा मलाई इन्डियाका लागि घातक र खतरनाक भन्ने अारोप लगाउनु बेलायती उपनिवेशबाट मुक्तिका लागि सङ्घर्ष गरेको इन्डियाका लागि कुनै पनि हालतमा शोभादायी होइन।
तत्कालीन ब्रिटिश इन्डियाबाट बेलायती शासन हटाउन भएका अान्दोलनमा नेपालीहरूको उल्लेख्य सहभागितामात्र होइन , उनीहरूले जेलनेल पनि भोगेका थिए। ब्रिटिशहरूले यो क्षेत्र छोडेपछि नेपालको जमिन पनि स्वतन्त्र हुनेछ भन्ने नेपालीहरूको अाशामाथि स्वतन्त्र इन्डियाले तुषारापात गरेको थियो। त्यही जमिन अाज हामी मागिरहेका छौँ। हिजो बेलायती उपनिवेशविरुद्ध त्यहाँ भएको अान्दोलन सही थियोे भने हामीले इन्डियाली उपनिवेशबाट मुक्ति खोज्नु कसरी अातङ्क हुनसक्छ? यसै सन्दर्भमा राज्य नियन्त्रित इन्डियाली सञ्चारजगत् मैले गरेको ग्रेटर नेपाल अान्दोलनको नेतृत्वलाई इन्डियासँगको सबैभन्दा ठूलो शत्रुता ठान्छ भने यो मलाई तर्साउन गरेको सुनियोजित खेल सिबाय अरू केही होइन। मैले नेपालको जमिन फिर्ता मागेको हुँ, इन्डियाको एक इन्च जमिनमा पनि मेरो मागदाबी छैन। मेरो र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको शान्तिपूर्ण मागलाई गलत रूपमा प्रस्तुत गर्ने इन्डियाली सञ्चार जगत्को बदनियतको म घोर भर्त्सना गर्दछु र ममाथि मानसिक दबाब दिएर मेरो घरपरिवारको समेत शान्ति बिथोल्ने यस किसिमको घातक क्रियाकलाप बन्द गर्न म काठमाडौँस्थित इन्डियाली दूतावासलाई अाग्रह गर्दछु।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
काठमाडौँ
२०७७-०६-०६

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!