Loading... आजः शनिबार , श्रावण १२, २०८१

इरफानको मृत्युमा मुसलमानहरुलाई केही प्रश्न: आर.के. सिन्हा


एकातिर कोरोना भाइरसका कारण फैलिएको विश्वव्यापी निराशा र त्यसमाथि हिन्दी सिनेमाका दुई एकदमै सशक्त अभिनेताहरू इरफान खान र त्यसपछि ऋषि कपूरको मृत्युपछि देश नै शोकको महासागरमा डूबेको जस्तो छ। दुवै असाधारण कलाकार थिए। दुवैले हिन्दी सिनेमामा लगभग आधा शताब्दीसम्म आफ्नो प्रभाव छोड़ेका छन्।
यदि कुरा इरफान खानको गर्नु हो भने उनी एक शानदार कलाकार हुनुका साथै एक गहन व्यक्तित्वका मालिक थिए। उनी सोचेर समझेर मात्र कुनै विषयमाथि आफ्नो विचार राख्ने गर्थे। हुनु त उनी सामान्यत: फिल्मका विषयहरू बाहेक बोल्दैन थिए, जब उनी बोल्थे सबैले सुन्ने गर्थे। इरफान खान अन्य अभिनेताहरूभन्दा भिन्न थिए। वास्वतवमा उनी स्टार होइनन्, तर कलाकार थिए। उनलाई ‘सेकुलर’ भनेर चिनिने इच्छा पनि थिएन। उनलाई भारतमा डर पनि लाग्दैन थियो। उनले कहिले पनि ‘माई नेम इज खान’ भनेर होहल्ला मचाएनन्। उनले अण्डरवर्ल्डको पैसामा फलने फूल्ने सपना पनि देखेनन्। उनको पीकू, लंच बॉक्स, मकबूल, हिन्दी मीडियम जस्ता तमाम फिल्महरू हेरेर यस्तो लाग्छ कि सबै चरित्रहरू उनकै निम्ति बनिएको थियो। उनी जीवनभरि एक सॉंचो कलाकार बनेर रहे। इरफानले आफ्नो स्वार्थको निम्ति धर्मको कार्ड कहिले पनि खेलेनन्। उनले सबै धर्मलाई त्यति नै सम्मान दिए जति उनी इस्लाम धर्मलाई दिने गर्थे। उनले कहिले पनि हिन्दू देवी देवताहरूको अपमान गरेनन्। उनी कहिले पनि अवार्ड फर्काउने ग्याङको सदस्य पनि बनेनन्। उनी सदैव एक सॉंचो कलाकारको रूपमा नै रहे। इरफान खानको मृत्युमा देशमा जुन शोकको लहर छाएको छ, त्यसलाई सामान्य मान्नु सकिॅंदैन। उनलाई देशले सॉंचो अर्थमा प्रेम गरेका थिए। उनले भारतका करोड़ौं सिनेमा हेर्नेहरूलाई केही आनन्दका पहल पक्कै दिएका थिए। उनले भारतका परिश्रमीहरूका अनुहारमा आफ्नो उत्कृष्ट अभिनयले खुशी ल्याएका थिए।
वास्तवमा भारतको जनतालाई कुनै मतलब थिएन कि उनको नाममा खान पनि आउॅंछ र उनी एक मुसलमान थिए भन्ने। यो कुरालाई सबैले बुझ्नु आवश्यक छ।
इरफान खानले पाएको प्रेमकै आधारमा देशका मुसलमानहरूले विशेषरूपमा यो बुझ्नु आवश्यक कि मानिसहरूले कसैलाई पनि उनको धर्मको आधारमा प्रेम अथवा घृणा गर्दैन। देशका जनताले देशको निम्ति कसले कस्तो योगदान दिइरहेका छन् भन्ने विषयलाई मात्र हेर्छन्। तपाईको संस्कृति, उर्दू, कव्वाली, गजत र खानपानसित कसैलाई कुनै आपत्ति छैन। कुनै ताजमहलसित घृणा पनि छैन। देशवासीले शहीद अब्दुल हमीद र पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामलाई सम्मान गर्छन्। उनीहरूलाई देशका नायक मान्छन्। उनीहरूमाथि गर्व गर्छन्। केही समय पहिलेसम्म लामो दाढ़ी राख्नेहरूसित देशमा कुनै समस्या थिएन। कसैले बुर्का लगाउॅंदा पनि कसैलाई आपत्ति थिएन। तर मानिसहरूको सोच यसकारण बद्लियो, कारण लामो लामो दाढ़ी राख्नेहरूले हालका दिनहरूमा धेरै कृकृत्य गरेका छन्। सिखहरूको पनि त लामो लामो दाढ़ी हुन्छ। उनीहरूसित त कसैलाई कुनै आपत्ति छैन। के मैले गलत भनिरहेको छु? इसाइहरूका वेशभूषा पनि कहिले कसैको निम्ति समस्या बनेन। इसाइ नन्सलाई देख्दा आदरको भाव आउॅंछ। यस्तो लाग्छ उनीहरू पक्कै पनि जनसेवामा लागिपरेका छन्।
के मुसलमानहरूको लामो दाढ़ी र हिजाबबाट पनि यस्तै भाव आउॅंछ? लामो दाढ़ी राख्ने व्यक्ति र हिजाब लगाएकी महिला पनि समाज सेवामा लागेका छन् भन्ने लाग्छ? इरफान खानको मृत्युकै बहानामा पनि देशको मुसलमानहरूका त्यस वर्गले स्वीकार गर्नुपर्छ कि उनीहरूलाई पनि कसैले घृणा गर्दैन। उनीहरूप्रति अविश्वासको भावना त उनीहरूकै हरकतका कारण जन्म लिइरहेको छ।
इरफान खानको निधनपछि उनीमाथि धेरै समाधि लेखहरू लेखिन थालिएको छ। केही फिल्म लेखकहरूले उनको तुलना अभिनेता नसीरुद्दीन शाहसित गरिरहेका छन्। हुन सक्छ उनीहरू आफ्नो ठॉंउमा सही हुन्। तर, नसीरुद्दीन शाहलाई सरह इरफानलाई कहिले पनि भारतमा डर लागेन। नसीरुद्दीन शाहलाई पनि भारतका करोड़ौं सिने प्रेमीहरूले भरपूर प्रेम दिए। तर शाहलाई भारतमा डर लागिरह्यो। उनले यो कुरा भनेका पनि छन्। नसीरुद्दीन शाहलाई तब डर लागेन जब 26/11 को हमला भएको थियो।
कश्मीरमा जब पण्डितहरूको हत्या भइरहेको थियो, त्यस समय पनि नसीरुद्दीन शाहलाई डर लागेको थिएन। नसीरुद्दीन शाह जस्ता झूटा व्यक्तिले कान खोलेर सुनुनन् कि भारतका नायक कलाम साहबदेखि लिएर इरफान खान र अजीम प्रेमजीदेखि लिएर अब्दुल हमीद जस्ता व्यक्ति नै रहने छन्। उनीहरू देशका नायक यसकारण होइनन् कि उनीहरू मुसलमान हुन्। उनीहरू आफ्नो देशभक्ति र जनसेवाका कारण देशका नायक बनेका हुन्। यो देशले जाकिर नाईक र तबलीगी जमातका सरदार मौलाना सादलाई आफ्नो नायक कुनै पनि स्थितिमा मान्ने छैनन्। भारतको खूनमा नै धर्मनिरपेक्षता छ। यसै भारतको एयरफोर्सका चीफ इदरीस हसन लतीफ रहेका छन्। तर केही मानिसहरूले भारतमा सबै कुरा नराम्रो मात्र देख्छन्। यहॉं एउटा कुरा भन्न चहान्छु कि मुसलमानहरूको एउटा तप्कालाई केही देश विरोधी शक्तिहरूले नराम्रो भटकाएको छ।
अन्तमा कुरा ऋणि कपूरको। उनको बॉबी, लैला मजनूं, अमर अकबर एंथनी, मुल्क जस्ता तमाम फिल्महरूलाई सबै धर्मका दर्शकहरूबाट भरपूर समर्थन प्राप्त भयो। लैला मजनूं पिक्चर हेर्न पुरानो दिल्लीका मुसलमान महिलाहरू पालकीमा बसेर जामा मस्जिद नजिक ‘जगत’ सिनेमामा आउने गर्थे। असलमा भारतीय समाज र सिनेमाको चरित्र मूलत र अन्तत सेक्युलर छ। तर यहॉं केही नकारात्मक शक्तिहरू सेक्युलर शब्दको प्रयोग देश र हिन्दू धर्म विरोधी कार्यमा गर्न पछि पर्दैनन्। स्मरण गर्नुहोस जब एमएफ हुसैनले देवीको आपत्तिजनक पेन्टिङ बनाएका थिए। तब धेरै सेक्युलरवादीहरूले भनिरहेका थिए कि हुसैन साहबको काममा रोक लगाउनु हुॅंदैन। इरफान खानले त कहिले पनि यस्तो हरकत गरेनन्। यसकारण उनको मृत्युमा सारा देश आज शोकाकुल छ। यसकारण एमएफ हुसैन र मौलाना साद होइन, इरफान खान देशका जनताको ह्रदयमा बसिरहने छन्।
(लेखक वरिष्ठ सम्पादक, स्तम्भकार र पूर्व सांसद हुन्।)

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!