सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकाद्धारा इरानी जनरल कासिम सुलेमानीको हत्या गरेकोमा विरोध जनाएको छ।
पार्टी प्रवक्ता तथा पूर्व उपप्रधान तथा परराष्टमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार पार्टीले औपचारिक धारणा सार्वजनिक गर्न अझै बाँकी रहे पनि इरानमा भएको अमेरिकी कारवाही नेकपाको घोषित नीति र मान्यता विपरित भएको बताएका छन्।
उनले देशसञ्चारसँग भने, ‘स्वाभाविकरुपमा अमेरिकी कारवाहीमा हाम्रो विरोध रहन्छ। हाम्रो पार्टी र सरकारले स्वतन्त्र, असलग्न परराष्ट नीति अपनाउनुका साथै कुनै पनि शक्तिशाली मुलुकको अरुप्रतिको असहिस्णु र आक्रामक नीतिको विरोध गर्छ। र, नेकपा यसबारे कुनै दुईमत छैन।’
Insert your Ads code here
गत साता अमेरिकाद्धारा गरिएको सर्जिकल ‘स्ट्राइक’मा इरानी जनरलको हत्या भएपछि इरान अमेरिकाको सम्बन्धमा तनाब बढ्नुका साथै अमेरिकाभित्र पनि राष्ट्रपति डोनाल्ट ट्रमविरुद्ध राजनीतिक तहबाट आलोचना बढेको छ।
यस मालिमा नेपाल सकारले अहिलेसम्म औपचारिकरुपमा कुनै विरोध जनाएको छैन देशसञ्चारमा समाचार छ।