Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

इशाका रनिङ शिल्ड भब्य रूपमा सम्पन्न ; तिनै तहको उपाधी अरुणोदय माबिलाइ


— सतिश निराैला

खजुरा/ खजुरा गाउँ पालिका-४ स्तिथ डि गाउँ को खेलमैदान (मिनि रंगशाला) मा जारी चौथो इशाका स्पोर्ट्स मिट-२०७६ भब्य रूपमा सम्पन्न भएको उक्त प्रतियोगिता का संयोजक इशाका उपाध्यक्ष डिबि तामाङले जानकारी दिनुभएको छ।

प्रतियोगितामा प्राबी, निमाबी र माबी गरि ३ तहमा एथलेटिक्स र भलिबल तथा ज्याभलिङ्ग एबम सटपट का खेलहरु सम्पन्न भएको छ। प्राबी तर्फ ४ गोल्ड र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल खजुरा प्रथम भएको छ भने निमाबी र माबी तर्फ पनि क्रमश ३ गोल्ड र २ सिल्भर र ४ गोल्ड, ४ सिल्भर र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल नै प्रथम भएको सचिवालय संयोजक भोला कुमार मल्ल ले जानकारी दिनुभएको छ।

यस्तै गरि छात्र तथा छात्रा दुबै तर्फ को भलिबल मा गुराँस चाइल्डहुड एकेडमी प्रथम र अरुणोदय बोर्डिङ स्कुल दोस्रो भएको छ भने छात्र तर्फ धुर्बतारा बिधा मन्दिर तृतीय र छात्रा तर्फ दिपक बोर्डिङ स्कुल तृतीय भएको इशाकाले जनाएको छ।
कार्यक्रममा विभिन्न खेलमा प्रथम , दोस्रो र तेस्रो हुनेलाइ मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो। कार्यक्रम को समापन गर्दै इशाका अध्यक्ष सतिश निरौलाले खेल आयोजना गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्ष को प्रतियोगिता अझै भब्यरुपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!