Loading... आजः शनिबार , श्रावण १२, २०८१

ईण्डियाकाे विरोधमा तीन दिनसम्म ब्ल्याक अाउट गर्न ग्रेटर नेपालकाे अाह्वान


नेपालमाथिको इन्डियाली ज्यादतीविरुद्ध ३ साँझ बत्ती निभाएर विरोध गर्न नेपालभित्र र बाहिर रहनुभएका सारा नेपालीलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अाह्वान गरेको छ।

ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाले विज्ञप्ति जारी गर्दै लेखेको छ: सन् १९४७ अगस्ट १५ देखि ग्रेटर नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेको, सन १९६२ देखि नेपालको कालापानी क्षेत्रमा अर्ध सैनिक बल राखेको, गत वर्ष कार्तिकमा लिम्पियाधुरा-कालापानी-लिपुलेकलाई इन्डियाको राजनीतिक नक्सामा हालेको र उक्त क्षेत्र हुँदै चीनको तिब्बत जोड्ने सडक बनाई त्यसको उद्घाटनसमेत गरेर इन्डियाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताविरुद्ध निरन्तर प्रहार गरी क्षेत्रीय शान्तिमा खलल पुर्याई जनमानसमा अातङ्क फैलाएकोमा उसको यस जघन्य अपराधविरुद्ध भोलि २०७७ जेठ ४ गते अाइतबारदेखि २०७७ जेठ ६ गते मङ्गलबारसम्म ३ दिन बेलुका ८:०० बजेदेखि ८:०५ सम्म जम्मा ५ मिनेट बत्ती निभाउन (black out) नेपालभित्र र बाहिर बस्नुभएका तमाम नेपालीहरूमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा हार्दिक अनुरोध गर्दछ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!