Loading... आजः शनिबार , श्रावण १२, २०८१

उच्चस्तरीय वार्ताका लागि परराष्ट्रमन्त्री ज्ञवाली ढाकामा


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि सोमबार (५ फागुन) बिहान बंगलादेशको राजधानी ढाका पुग्नुभएकाे छ। बंगलादेशका समकक्षी डा. एके अब्दुल मोमेनको निमन्त्रणामा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ ढाका पुग्नुभएकाे हो।

परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार समकक्षी डा. एके अब्त्तदुल मोमेनसँग प्रतिनिधि मण्डलस्तरीय भेटवार्ता गर्नेछन् भने साँझ राष्ट्रपति अब्दुल हमिदसँग भेट गर्नुहुनेछ। दुई परराष्ट्रमन्त्रीको वार्तामा नेपाल र बंगलादेशबीच बहुआयामिक कनेक्टिभिटीको सम्भाव्यता अध्ययनका लागि संयुक्त कार्यदल गठन हुने गृहकार्य भइरहेको छ।

परराष्ट्रसचिव शंकरदास बैरागी, परराष्ट्रको दक्षिण एशिया डिभिजन प्रमुख यज्ञबहादुर हमाल, बंगलादेशका लागि नेपाली राजदूत डा. बंशीधर मिश्र, उपनियोग प्रमुख धनबहादुर ओली, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल, ऊर्जामन्त्रालयका सहसचिवसहितको ८ सदस्यीय प्रतिनिधिमण्डल औपचारिक वार्तामा सहभागी हुनेछ।

Insert your Ads code here

परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार (६ फागुन) बिहान ११ः३० बजे बंगलादेशको स्टेट गेष्ट हाउसमा समकक्षीसँग दिवाभोजसहित भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ। त्यसक्रममा नेपालले बहुआयामिक कनेक्टिभिटीसहित विद्यूत आयोजनामा लगानी र विद्यूत व्यापारमा जोड दिनेछ। जलविद्युत, कृषि, उद्योग, पर्यटन, जनस्तरीय भ्रमण आदनप्रदान भ्रमणको मूख्य एजेन्डा हो।

बुधवार स्वदेश फर्किनुअघि विहान १० बजे प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता हुनेछ। हसिनालाई ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा अाेलीद्वारा सगरमाथा सम्बादकालागि पठाएको निमन्त्रणापत्र पनि बुझाउने कार्यक्रम रहेको नयाँ पत्रिका अनलाइनमा पर्शुराम काफ्लेले लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!