Loading... आजः शनिबार , श्रावण १२, २०८१

उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा नेपाल


नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश भएको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ। ‘नेपाल अलि गरिब छ, अलि पछाडि छ, त्यसकारण त्यस्तो लाग्दैन’संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘तर पछाडि छ र पनि यो १० वटा तीब्र आर्थिक विकास गरिरहेका देशहरु मध्ये परेको छ र यसले विकास गरेको रातोपाटी अनलाइनले लेखेको छ।

प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापनापछिको १ दशकसम्म आर्थिक वृद्धिद्धर ४ प्रतिशतमा सीमित रहेकोमा पछिल्लो तीन वर्षयता आर्थिक बृद्धिदर ६.५ प्रतिशत भन्दा माथि रहेको उल्लेख गर्दै बिगत तीन वर्षदेखि प्रदेशको आर्थिक बृद्धिदर पनि ६ प्रतिशत भन्दा न्यून नभएको बताउनुभयो।

यस्तै प्रतिव्यक्ति आय १८ प्रतिशतभन्दा माथि रहेको पनि ओलीले बताउनुभयो। आर्थिक बृद्धिदरमा आएको सुधारसँगै १.५ बिन्दुले गरिबी घटेको उल्लेख गर्दै ओलीले अब सरकार गरिबी निवारणमात्रै होइन उन्मुलन नै गर्नेगरी अघि बढेको बताउनुभयो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!