Loading... आजः शनिबार , श्रावण १२, २०८१

उडान खोल्न ढिला नगर्न व्यवसायीको आग्रह


नेपालका वायुसेवा सञ्चालकहरुले सरकारलाई छिटोभन्दा छिटो हवाइ उडान खोल्न आग्रह गरेका छन्। भदौ १ गतेदेखि उडान खुला गर्ने पहिलाको निर्णयअनुसार सबै तयारी पूरा भएपनि सरकारले फेरि भदौ १६ गतेपछिमात्र उडान खोल्ने निर्णय गरेपछि व्यवसायीहरुले सरकारसँग छिटो उडान खुला गर्न आग्रह गरेका सेतोपाटी अनलाइनले लेखेको छ।

संसारभर नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु तोकिएको स्वास्थ्य गाइडलाइन पालना गर्दै उडान भइरहेकाले नेपाल सरकारले पनि सोहीअनुसार निर्णय गर्नुपर्ने उनीहरुको भनाइ छ। व्यवसायीहरुको संगठन नेपाल वायसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई चलायमान बनाइराख्ने एकमात्र औजार यात्रा भएको र सबैभन्दा सुरक्षित यातायात हवाइ भएकाले सरकारले उडान खोल्न ढिलाइ गर्न नहुने बताएको छ।

एक ठाउँबाट अर्को ठाउँमा हुने चहलपललाई नियमित गर्दा अपनाउनुपर्ने सुरक्षाका सबै मापदण्ड पालना गरेपछि भाइरस संक्रमण फैलिने जोखिम न्यूनीकरण हुने भएपनि सरकारले ढोका नै बन्द गर्न खोजेको संघले आरोप लगाएको छ। अर्बौ लगानी भएको, हजारौ रोजगारी दिइरहेको हवाइ क्षेत्रमात्र नभएर समग्र अर्थतन्त्रमै योगदान गर्नसक्ने हवाइ यातायातलाई भदौ १६ भित्र नखोलिए आन्दोलन गर्न बाध्य हुने संघले चेतावनी पनि दिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!