Loading... आजः बुधबार , मंसिर १९, २०८१

उत्तर बङ्गालको पहिलो कोरोनाको बिरामीको उपचार क्रममा मृत्यु


कालेबुङ, 30 मार्च । कालेबुङको पहिलो कोरोना भाइरसले सङ्क्रमित महिला सुनिता देवी सिंहको मृत्यु भएको छ। आज बिहान 2:30 बजे उनको उपचारको क्रममा सिलगडीको नर्थ बङ्गाल मेडिकल कलेज एण्ड हस्पिटलमा मृत्यु भएको छ। शनीबार उनी सङ्क्रमित बनेको पुष्टि भएको थियो भने आज बिहानीपख उनको मृत्यु भएको पारिवारिक सुत्रले पुष्टि गरेको छ।

महिलाको मृत्यु पछि कालेबुङमा झनै मानिसहरूमा कोरोना भाइरसको आतङ्क बडेको छ। किन भने सङ्क्रमित महिलाले कालेबुङमा आफ्नो स्वास्थ्य बिग्रेपछि सर्वप्रथम डा. जी.एम देलाई स्वास्थ्य जाँच गराएकी थिइन्। सुख्खा खोक्कीको कारण उनले जाँच गराए पनि उनको स्वास्थ्यमा सुधार आएको थिएन। पछिबाट डा. कै परामर्श अनुसार उनले सिलगडीको एउटा जाँच केन्द्रमा आवश्यक टेस्टहरू समेत गरेकी थिइन्। सोही क्रममा उनी उत्तरबङ्गाल मेडिकल एवम् अस्पतालमा भर्ना भइन् जहाँ उनी कोरोना पोजेटिभ पुष्टि भएको हो।

उक्त महिला कोरोना सङ्क्रमित भएको पुष्टि हुनसाथ उनलाई जाँच गर्ने कालेबुङका डा.जी.एम दे आफै होम क्वारान्टाइनमा बसेका छन् भने सङ्क्रमित महिलाको सम्पर्कमा आउने अन्य 12 जनालाई जिल्ला प्रशासन र पुलिस प्रशासनको निगरानीमा दिशा सेन्टरमा 14 दिनको क्वारान्टाइनमा राख्ने कार्य भएको छ।

सङ्क्रमित महिला सुनिता देवी सिंहको मृत्यु पछि सबै भन्दा चिन्ता कालेबुङका जिल्ला अस्पतालमा पनि बडेको छ। किन भने उनलाई जाँच गर्ने डा. जीएम दे-ले कालेबुङ जिल्ला अस्पतालका बिरामीहरूलाई पनि जाँच गरेका छन्। यदि डा. आफै सङ्क्रमित भए कालेबुङमा कोरोना भाइरसको सङ्क्रमित हुनेहरूको सङ्ख्या बड्ने सस्म्भावना बडेको छ।

Insert your Ads code here

वैश्विक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको बड्दो सङ्क्रमणलाई रोक्न भारत सरकारले देशव्यापी 21 दिनको लकडाउन गरिसकेको छ। अर्को तिर कोरोनाको कारण मृत्यु भएको महिलासितै हवाइजहाजमा यात्रा गरेका सिक्किमको 8 जना यात्रुलाई प्रशासन र स्वास्थ्य निकायले चिन्हित गरेर क्वारेन्टाइनमा राखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!