Loading... आजः शनिबार , श्रावण १२, २०८१

उत्तर सिक्किममा गएको भल पैह्रोमा प्रभावितलाई सहयोग गर्न एसडीएफका सहयोद्धालाई गरे अध्यक्ष चामलिङले आग्रह


गान्तोक, 28 जुन। उत्तर सिक्किमको पासिङदाङमा हिजो साँझ आएको पैह्रो र भलले प्रभावित बनेपछि आपदमा परेका मानिसहरूलाई सहयोग गर्न पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले पार्टीका सहयोद्धाहरूलाई आग्रह गरेका छन्। नागरिकहरूको सुरक्षा र सेवा नै एसडीएफ पार्टीको मूल सिद्धान्त रहेको बताउँदै पार्टी अध्यक्ष पवन चामलिङले यो विकट परिस्थितिमा आपदमा परेकाहरूलाई सहयोग दिन पार्टी कार्यकर्ताहरू अघि आउनुपर्ने आग्रह छन्।
उत्तर सिक्किमको अप्पर जङ्गुको पासिङ्दाङमा शनिवार साँझको पैह्रो र भेलले पुर्यामएको व्यापक क्षतिकोे घटनाले आफू विचलित भएको र स्थानीय मानिसहरूले झेल्नुपरेको समस्याले आफूलाई सताएको पूर्व मुख्यमन्त्री चामलिङले बताएका छन्। उनले यो विषयमा राज्य सरकारले स्थानीय नागरिकहरूलाई हर-सम्भव सहयोग पुर्यानउनेछ भन्ने कुरामा आफू आशावादी रहेको पनि बताएका छन्। स्थानीय प्रभावित मानिसहरूलाई कुनै पनि प्रकारले राहतको कमि हुनुहुदैन भन्दै एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यका नागरिकहरूलाई यो वर्षाको समयमा अधिक सतर्क रहन पनि आग्रह गरेका छन्। पूर्व मुख्यमन्त्री चामलिङले यो आपदामा परेका मानिसहरूलाई सहयोग गर्नाका लागि अघि आउन आफ्नो पार्टीका नेता र सहयोद्धाहरूलाई आग्रह गरेको एसडीएफ पार्टीको प्रचार शाखाकी महासचिव कविता सुब्बाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!