बर्दिया जोतपुर
यूनिक नेपालको २९ औं बार्षिक साधारण सभा तथा १३ औ महाधिवेशन आज सम्पन्न भएको छ ।
आज भएको १३औं महाधिवेशन बाट पुनः प्रिम बहादुर थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै कार्यसमितीको सचिबमा निर्मला चौधरी, कोषाध्यक्षमा जित बहादुर थारु, सदस्यहरुमा राधा चौधरी,निर्मल कुमार थारु, बसन्ती चौधरी र भागिराम चौधरी लेखा समितिको संयोजकमा कन्हैया लाल थारु, सदस्यहरुमा खुसी राम थारु, राम कुमार थारु सर्वसहमतीबाट चयन गरीएको छ ।
यूनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको सभापत्विमा भएको सभाका प्रमुख अतिथी यूनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहित रहनु भएको थियो ।
प्रमुख अतिथी दहितले यूनिक नेपालले गरेका कामहरुको वारेमा बताउँदै स्थापनाकालमा अनौपचारीक शिक्षाबाट सुरु गरेको यूनिक नेपालले अब उत्पादनमुखी, उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सहजिकरणमा ध्यान दिनु पर्ने, त्यो गर्न सके यहाँको युवाहरुले रोजगारी पाउने किसानले उत्पादनलाई त्यो कम्पनीले खरीद बिक्री बितरण गर्ने बताउनु भयो ।उहाँले थारुहरुको बाहुल्यता रहेको राजापुर नगरपालिकामा थारुहरुको ऐतिहाँसिक परम्परा झल्कने थारु संग्रहालय अधुरो छोड्न नहुने भन्दै आफुले पहल चाल्ने धारणा राख्नुभयो ।
Insert your Ads code here
add
यूनिक नेपालका सचिब निर्मला चौधरीले संचालन गर्नु भएको कार्यक्रममा कार्यसमिती सदस्य नरेन्द्र थारुले स्वागत मन्तव्य राख्नु भएको थियो भने सभामा यूनिक नेपालमा पूर्व अध्यक्ष नरेन्द्र थारु, पुर्व महासचिब नरेश चौधरी, सस्थापक तथा वडा नं २ का सदस्य राम कुमार थारु, नेपाल स्वयसेवी रक्तदाता समाज राजापुरनगरअध्यक्ष लोकराज ढुगाना, बालाबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थारु, यूनिक स्पोर्टस् क्लबकाअध्यक्ष राम स्वरुप चौधरी, समाजसेवी हेमलाल पाण्डे, बडघर रमेश थारु लगायतकाले शुभ कामना मन्तव्य दिएका थिए । बोल्ने बक्ताहरुले यूनिक नेपालले स्थापना काल देखी समुदायमा गरेको योग्दान काम र सहयोगका वार स्पष्ट पार्दै आगामी दिनमा गरीएको अपेक्षाको वारेमा बोलेका थिए ।