Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

उनञ्चालिस बोर्डर आउट पोस्ट स्थापना गरिने


सरकारले सीमा सुरक्षाका लागि थप ३९ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्ने भएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्।

अन्तर्राष्ट्रिय सीमा सुरक्षा गर्न सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका बीओपी विस्तार गर्ने घोषणा सरकारले गरेको हो। त्यसका लागि प्रहरीको क्षमता बनाउने घोषणासमेत सरकारले गरेको छ।

अनुसन्धान विभागको क्षमता विस्तार गरिने छ। सरकारले सेनालाई बंकरबाट ब्यारेकमा ल्याउन आवास बनाइने छ।सँगै सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि रकम विनियोजनसमेत गरेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!