Loading... आजः शनिबार , श्रावण १२, २०८१

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस


सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले गोतमलाई मनोनीत गर्न राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो।

दुई वर्षे गोलाप्रथाका कारण राष्ट्रपतिबाट मनोनीत डा. युवराज खतिवडाको पदावधि पूरा भएपछि रिक्त सदस्यमा गौतमलाई सिफारिस गरिएको हो। दोस्रोपटक सिफारिस नभएपछि डा. खतिवडाले अर्थमन्त्रीबाट गएको २० गते नै राजीनामा दिइसक्नुभएको छ।

गत प्रतिनिधि सभा निर्वाचनमा गौतम कांग्रेसका सञ्जय गौतमसँग बर्दिया– १ बाट ७५३ मतले पराजित हुनुभएको थियो।

Insert your Ads code here

गौतम यसअघि २०४८, २०५१ सालमा प्रतिनिधि सभा सदस्य तथा २०७० सालमा संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो। उहाँ तीन पटक उपप्रधानसहित गृहमन्त्री भइसक्नुभएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!