राष्ट्रियसभा सदस्यमा मनोनीत हुनु भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। सिंहदरबारस्थित कृषि समितिको हलमा आयोजना गरिएको समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्य गौतमलाई शपथ गराउनुभएको हो।
सपथ पछि बोल्नुहुदै गौतमले पार्टीको निर्णय अनुसार नै राष्ट्रियसभा सदस्यमा मनोनित भएको र पार्टीले लिएको उद्देश्य पूरा गर्नमा आफ्नो भूमिका रहने बताउनुभयो ।उहाँले आफू राष्ट्रिय सभाको सदस्य रहेसम्म संस्थाको गरिमा र प्रतिष्ठा गिराउने गरी काम नगर्ने प्रतिबद्धता जनाउनुभयो।
समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई बिहीबार नै राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नु भएको हो।
Insert your Ads code here
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली रहेको थियो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको नेपाल टेलिभिजनमा समाचार छ।