Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

एउटा सार्वभौमसत्तासम्पन्न मुलुकले विपत्तिबाट जोगिन अर्काकाे स्वीकृति पर्खिरहनुपर्ने हो?


नेपाल काेराेनाकाे उच्च जाेखिममा रहेको प्रधानमन्त्री केपी शर्मा अाेलीले देशवासीका नाममा सम्बाेधन गरेबाट पुष्टि भएको छ। यसका अतिरिक्त चीन, भारत लगाएत विश्वका झण्डै डेढसय बढी देशमा काेराेनाकाे संक्रमण फैलिइसकेकाे छ। छिमेकी भारतमा समेत केहीकाे काेराेना संक्रमण भएर मृत्यु भइसकेको छ भने कैयौं संक्रमित भएको सार्वजनिक भइसकेको छ। नेपाल सरकारले उच्च सतर्कता अपनाइरहेकाे बारम्बार बताइरहेका भए पनि दक्षिणी सीमा नियमित गरेको छैन। भारतबाट दैनिक सयौंको संख्यामा नेपाली तथा भारतीय नागरिक नेपाल भित्रिने क्रम जारी छ।

देशभित्र जतिसुकै राम्रो ब्यवस्थापन गरिए पनि भारततर्फकाे नाका यसरी खुला राखिएपछि जनतामा काेराेना महामारीको त्रास उच्च छ। दक्षिणी सीमा खुला राखिएको विषयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले ट्विट गर्दै लेखेका छन्:”दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ।सु.प. प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ। स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरून्त पठाइयोस्।”

यसैगरी ग्रेटर नेपाल राष्ट्रवादी माेर्चाका संयाेजक फणीन्द्र नेपाल लेख्छन्:”भारतले चाहनेबित्तिकै नेपाल-भारत सीमा नाकाहरू बन्द हुन्छन् , तर नेपालले चाहँदा भने नहुने रहेछ भन्ने बुझ्न बाध्य भइयो। होइन भने एउटा सार्वभौमसत्तासम्पन्न मुलुकले विपत्तिबाट जोगिन अर्कोको स्वीकृति पर्खिरहनुपर्ने हो , जब कि भारतभरि कोरोना फैलिएको चर्चा चुलिइसक्यो तर नेपाल छिर्ने सबैजसो नाकाहरू खुलै छन्।
मालिकलाई मान्ने शैली पनि गजबकै देखियो।

Insert your Ads code here

नेपाली जनता प्रश्न गर्दै छन् ,
नेपाल सरकार कसको अादेश कुरिरहेको छ ?
कि मरेमाथि कात्रो भनेको यही हो ?”

यसैगरी, सरकारकाे कमजोर अवस्था र ब्यवस्थालाई लक्ष्यित गर्दै राष्ट्रिय जागरण अभियानका संयाेजक साध्य बहादुर भण्डारीले अाफ्नाे फेसबुक पेजमा लेखेका छन् :”नेपाल-भारत सिमाना तत्काल बन्द नगर्ने हो भने दुरगामी घातक परिणाम आउन सक्छ। कोरोना भित्रियर होस वा भारतिय थुप्रो लागेर!
अब कोरोना-भाइरस भारतबाट पक्का भित्रिन्छ। सिमाना बन्द नगरे, होसियार!
हवाई जहाजबाट भित्रिएकालाई सोझै खरिपाटी लाने,खुल्ला नाकाबाट भित्रिएकालाइ”सेल्फ क्यारेन्टाइन”मा बस्नु पर्ने के हो ? सरकारी मापदण्ड!”

नेपाल सरकारले उत्तरतर्फकाे सीमाना बन्द गरेको छ। जसका कारणबाट चीनबाट अाउने अावश्यक सामाग्री भारतको बाटो हुँदै नेपाल भित्र्याउने बाध्यता छ। यसले थप महँगो हुने र जटिलता थपिएको छदैछ। यसका अतिरिक्त भारततर्फकाे सीमाना खुला हुँदा नागरिकको जीवन उच्च खतरामा परेको छ। सरकारले सीमा नियमित नगरेको देखेर यो सरकार भारतीयकाे दलाल सरकार रहेछ, यसबाट हामी नेपाली जनताको हित र सुरक्षा हुन सक्दैन भन्दै जनता निकै अाक्राेशित भइरहेका छन्। नेपाल सरकारकाे ध्यान यसतर्फ अविलम्ब जाअाेस्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!