एउटै गीत १२ वटा भाषामा तयार पारेर गीतकार डीआर उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनुभएको छ।
उपाध्यायले नेपाली गीत ‘मायाको सागरमा…’लाई हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पार्नुभएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले राजधानीमा गीतकार उपाध्यायलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभयो। मन्त्री यादवले यस्तो रेकर्ड मार्फत विश्वमा नेपाली सिर्जनाको नाम फैलनु गौरवको कुरा भएको बताउनुभयो।
गीतकार उपाध्यायकै गीतिसंग्रह ‘मायाको सागर…’मा यो गीत संग्रहित छ। गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने सागर अधिकारी ‘शरद’,प्रकाश तिमिल्सिना र गीतकार डीआर उपाध्यायले स्वर दिएका छन्।
Insert your Ads code here
कार्यक्रममा गीतकार उपाध्यायले देशलाई विश्वमा चिनाउन कला सशक्त माध्यम भएको बताउँदै एउटै गीत १२ वटा भाषामा रेकर्ड गराएको बताउनुभयो, कान्तिपुर अनलाइनमा खबर छ।