एककिृत प्रारभ्मिक बालबिकास रणनैतिक तयारी छलफल गोष्ठी सम्पन्न
बदिया राजापुर
राजापुर नगरपालिका प्रमुख दिपेश थारुको सभापत्विमा एककिृत प्रारभ्मिक बालबिकास रणनैतिक तयारी छलफल गोष्ठी सम्पन्न भएको छ ।
बालबालिकाको सपना परियोजना अन्तरगत प्रारम्भिक बालविकासका लागि एककिृत रणनैतिक तयारी छलफल गोष्ठी सुक्रबार राजापुर नपाको सभा कक्षमा सम्पन्न भएको हो .
गोष्ठीमा राजापुर नगरपालिका नगर प्रमुख दिपेश थारुले गर्भ अवस्था देखी ८ बर्षका उमेर सम्म का बालबालिकाहरु अतिनै महत्वपुर्ण हुने गरेको भएता पनि बच्चाहरुलाई बाबु आमाहरुले मोवाईल थमाएर काम गर्ने जसका कारण बालबालिकाहरु पब्जी टिकटकहरु तर्फ अगाढी बढीरहेकोले परिपाटीका विकास भइरहेकोले यसलाई रोक्न चुनौति रहेको बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं ८का वडा अध्यक्ष राजेश थारुले बालबालिकाहरुका लागि हामी स्थानिय सरकारले खेल्नु पर्ने भूमिका के हो ?लगायतका विषयमा जानकारी पाएको बताउदै यस छलफल गोष्ठीबाट राम्रो उपलब्धी भएको बताउनु भयो ।
प्लान इन्टरनेशनल नेपाल, थारु महिला उत्थान केन्द्र गुलरिया बर्दियाको साझेदारीमा राजापुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको उद्देश्य वारे थारु महिला उत्थान केन्द्रको बालबालिकाको सपना परियोजनाका संयोजक विनय कुमार थारुले जानकारी भएको थियो ।
राजापुर नगरपालिका स्वास्थ्य साखाका प्रमुख गणेश अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन स्वास्थ्य साखामा सहसहयोजक हरीलाल थारुले गर्नु भएको थियो ।
गोष्ठीमा नेपालमा प्रारम्भिक बालबालिकाको अवस्था, बालबालिकाको बौद्धिक विकासका लागि आहार, गर्भ देखी ८ बर्ष उमेरका बालबालिका लागि पोषण, कार्यक्रम, सुरक्षा र संरक्षण , नेपालको सबिधानमा बालबालिकाका लागि उल्लेख गरिएका कुरा लगायतका वारेमा नर बहादुर पाख्रिनले सहजिकरण मार्फत जानकारी दिनु भएको थियो ।
गोष्ठीमा थारु महिला उत्थान केन्द्रका परियोजना अधिकृत नरेश चौधरीले धन्यावाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा राजापुर नगरपालिका वडा नं १ देखी १० वटै वडाका वडाअध्यक्ष, बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधी, पत्रकारहरुका सहभागिता रहेका थियो ।