Loading... आजः बुधबार , फाल्गुन ९, २०८०

एकतीस सदस्यीय नेकपा माअाेवादी गठन घाेषणा


पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा ३१ सदस्यीय नेकपा (माओवादी) पार्टी केन्द्रीय कमिटी निर्माणको घोषणा भएको समाचार छ।

रक्त सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ दल नेकपाले बोक्न नसकेको भन्दै नेकपा माओवादी पुनर्गठन भएको घोषणा गरिएको हो।

पुष्पकमल दाहालको नेतृत्वमा जनयुद्धदेखि नै नेकपा माओवादी, माओवादी केन्द्र हुँदै नेकपामा आइपुग्दा पनि पार्टी सत्ताको वरिपरि मात्रै घुमेको, देशको समृद्धि, विकास, राजनीतिक निकास नेकपाबाट नहुने आरोप लगाउँदै तत्कालीन नेकपा (माओवादी) मा रहेर काम गरेका नेता तथा कार्यकर्ता सङ्गठित भई पुरानो पार्टीलाई ब्युझाउनु परेको बताइएको छ।

Insert your Ads code here

नवगठित नेकपा माओवादीका उपाध्यक्ष एवं प्रवक्ता डेनिस सिंहले आर्थिक सामाजिक रुपान्तरण र सर्वाहारा वर्गको मागलाई नेकपाले उपेक्षा गरेपछि आफूहरुले नेकपा (माओवादी) घोषणा गर्न बाध्य भएको पत्रकार सम्मेलनमा बताउनुुुभएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!