Loading... आजः सोमबार , मंसिर १७, २०८१

एकान्तवास सकेर नेपाली राजदूत पाण्डेद्वारा कार्यभार ग्रहण


दुई साता लामो एकान्तवास पूरा गरेपछि चीनका लागि नवनियुक्त राजदूत महेन्द्रबहादुर पाण्डेले शुक्रबारदेखि कार्यभार सम्हाल्नुभएको छ। गत असार २५ मा बेइजिङ उत्रिएका राजदूत पाण्डे कोभिड-१९ संक्रमणका लागि निर्धारित १४ दिने एकान्तबास पूरा गरी काममा फर्किनुभएको हो। कोभिड-१९ महामारीका कारण पाण्डे नियुक्तिको झण्डै ३ महिनामा मात्रै बेइजिङ आइपुग्नुभएको थियो। गत वैशाख पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई चीनका लागि राजदूतमा नियुक्त गर्नुभएको थियो।

कार्यभार बहाली गर्ने क्रममा राजदूत पाण्डेसमक्ष दूतावासका कर्मचारीहरूले नेपाल र चीनबीचको पछिल्लो विकसित सम्बन्ध, कोभिड १९ महामारीमा चीनस्थित नेपालीहरूको अवस्था तथा अन्तरदेशीय हवाई उड्डयन, चिनियाँ लगानी लगायतका विषयमा जानकारी गराएका थिए।

शुक्रबार नै पाण्डेले बेइजिङस्थित नेपाली समुदायसँग पनि चिनापर्ची गरेका छन्। कार्यक्रममा बेइजिङमा प्राध्यापन, व्यापार व्यवसाय, चीनस्थित अन्तर्राष्ट्रिय कम्पनी र अध्ययन लगायतका क्षेत्रमा क्रियाशील नेपालीहरूसँग भेटघाट गर्नुभयो।

Insert your Ads code here

दूतावासमा आयोजित परिचय कार्यक्रममा सहभागीहरूलाई संबोधन गर्दै राजदूत पाण्डेले चीनमा सिकेको सीप, अनुभव र ज्ञानलाई नेपालमा परिचालन गर्न अनुरोध गर्नुभयो। चीनमा हासिल गरेको विशेषज्ञता तथा अनुभवहरू नेपालमा लगेर प्रयोग गर्न उहाँले सुझाउनुभयो। उहाँले भन्नुभयो, ‘चीनमा प्राप्त गरेको अनुभव, ज्ञान, दक्षता नेपाल लिएर जानुहोस्। दूतावासले यसमा पहल गर्नेछ।’

गत असार २४ मा काठमाडौंबाट हिमालय एयरलाइन्सको विमानमा चीन आएका पाण्डे बेइजिङको निकटवर्ती सहर थ्येनचिन पिनहाइ एयरपोर्टमा अवतरण गर्नुभएको थियो। नेपाल सरकारले गत वर्ष फागुन १८ मा तत्कालीन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई पाण्डेलाई राजदूत बनाउने निर्णय गरेको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!