भारतमा कोरोना संक्रमितको संख्या बढ्दो छ। हिजो एकैदिन ५० हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि भारतमा ३२ हजार ८ सय नाघेको छ। भारतमा हिजो मात्रै ७ सयभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। संक्रमण दर उच्च भए पनि पछिल्लो समय मृत्युदरमा भने विश्वमै कमी आएको छ।
यसैबीच विश्वमै कोरोना जितेर घर फर्कनेको संख्या १ करोड नाघेको छ। कोरोनाबाट बढी प्रभावित मुलुकहरु अमेरिका र ब्राजिलमा हिजो भने कोरोना संक्रमण दर र मृत्युदर दुबैमा कमी आएको छ।
Insert your Ads code here
विश्वमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड ६३ लाखभन्दा बढी छ भने मृत्यु हुनेको संख्या पनि ६ लाख ५१ हजारभन्दा बढी भएको नेपाल टेलिभिजनले लेखेको छ।