कैलाली / कार्तिक १७ आज मात्र कैलालीका दुई नगर प्रमुख कोरोना संक्रमित भएका छ । कैलालीको टीकापुर पालिका नगर प्रमुख तपेन्द्र रावल ,घोडाघोडी नगरपालिका नगर प्रमुख ममता प्रसाद चौधरी गरी टीकापुर नगर स्वास्थ साखा प्रमुख बलबहादुर रावल, कर्णाली मा.वि टीकापुरका प्र.अ धर्म राज शर्मा, टीकापुर नगरपालीका २ का कर्मचारी दिपेन्द्र शर्मा कोरोना सक्रमित भएका हुन् ।
टिकापुर नगरपालिका नगर प्रमुख रावलले आफुहरुको सम्पर्कमा आएका तथा टीकापुरवासी सबैलाई सुरक्षित रहन आग्रह गरेकाछन् । नेपालमा हालसम्म १,४६९,८१२ कोरोना परिक्षण गरिएको छ भने ति मध्ये १,७६,५०० कोरोना संक्रमित भेटीएका, ९८४ जनाको कोरोनाकारण मृत्यू भएको र १३७९९२ जना कोरोना मुक्त भएको वताइन्छ । त्यसैगरी विश्वमा हालसम्म ४६,९३७,२४१ सक्रमित, १,२०६,८२५ जनाको मृत्यू भइसकेको छ भने ३,३८,१३,१९२ निकोभइसकेको वताइएको छ ।